प्रदेश निर्वाचनमा कुन प्रदेशमा कति दल ?



सैघाली खबर
काठमाण्डौ, ३१ असोज

मंसिर १० र २१ गते हुने प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउन आइतबार निर्वाचन आयोग पुगेका दलका प्रतिनिधि।

प्रतिनिधि सभाका लागि ४९ दलले समानुपातिकको बन्दसूची निर्वाचन आयोगलाई बुझाएका छन्। प्रदेशसभामा भने दलहरुको संख्या प्रदेशैपिच्छे फरक छ।

आयोगले एक विज्ञप्ति जारी गरि प्रतिनिधिसभाका लागि समानुपातिकको बन्दसुची बुझाउने दल ४९ पुगेको र प्रदेशसभाका लागि बन्दसूची पेश गर्ने दलको संख्या भने फरकफर रहेको जनाएको छ।

आयोगका अनुसार, प्रदेश नम्बर एकमा २७, प्रदेश नम्बर २मा २९, प्रदेश नम्बर ३ मा ३१, प्रदेश नम्बर चारमा २०, प्रदेश नम्बर पाँचमा २७, प्रदेश नम्बर ६ मा १८ र प्रदेश नम्बर सातमा २० वटा राजनीतिक दलले उम्मेदवारहरुको बन्दसूची बुझाएका छन्।

समानुपातिकको बन्द सूची बुझाउन हिजो ५५ वटा दलले टोकन लिएका थिए। तिमध्ये कतिपय दलहरुले प्रदेश सभाको लागिमात्र समानुपातिकको सूचि बुझाएको आयोगको विज्ञप्तिमा उल्लेख छ।

दलहरुले बुझाएको उम्मेदवारको बन्दसूचीलाई कात्तिक ५ गतेसम्म जाँच बुझ गरिने आयोगले जनाएको छ। त्यसपछी आयोगको निर्देशन अनुसार राजनीतिक दलहरूले कात्तिक ६ देखि १२ गतेसम्म उम्मेवारको बन्दसूची सच्याई आयोगमा पेश गर्न सक्ने छन्।

यहि कानुनी व्यवस्थाको फाइदा उठाउँदै दलहरुले ‘डमी’सूचीमात्र बुझाएको पाइएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्