विकासका लागि विकास परिषद गठन



सैघाली खबर
दाङ,३१ असोज


दाङ जिल्लाको समग्र विकासको लागि विज्ञसहितको दाङ विकास परिषद गठन हुने भएको छ । सो विकास परिषदमा जिल्ला समन्वय समितिका प्रमुख संयोजक र उप–प्रमुख सहसंयोजक र अन्य विभिन्न क्षेत्रका विज्ञहरु रहेका छन ।

परिषदले जिल्लाको समग्र अध्ययन गरेर त्यो खाका समेत तयार पार्ने समितिका संयोजक जितेन्द्रमान नेपालीले जानकारी दिनुभयो । जिल्ला समन्वय समितिको बैठकले विज्ञ सहितको विकास परिषद बनाउने निर्णय गरेको छ । जिल्लाका निर्माणाधिनविकास योजनाहरु अलपत्र अवस्थामा रहेकाले तिनिर्माणाधिन योजनाहरु समयमा सम्पन्न गर्न पनि वैठकले सम्वन्धीत निकाय तथा विकास निर्माण कम्पनीहरु लाई खवरदारी गर्ने भएको छ ।

त्यस्तै जिल्लामा सञ्चालनमा रहेको सिमेन्ट उद्योगहरु लाई वातावरणमैत्री उद्योगको रुपमाविकास गर्ने जनाएको छ । साथै जिलाका क्रसर उद्योगहरु लाई व्यावस्थीत गर्ने वैठकले निर्णय गरेको छ । साना मझौला आर्य उद्योग कृर्षिजन्य उद्योग लाई पनि व्यवस्थित गरी आर्यस्तर सुधार र व्यावसायीक विकासका लागि पहल गर्ने भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्