गिरिराज नेपाली
घोराही, ३१ असोज
तिहारमा फुल्ने सयपत्री , मखमली , गुर्धाैली र हजारीका लहरै फुलेका फुल बिरलै देखिन्छन हिजो आज । फुलको पर्व शुभ– दिपावली अर्थात ‘ तिहार ’ फुलकै रंगिचङ्गी भए पनि कृत्रिम पछिल्लो समय तिहार रंगाउदै गरेको छ ।
गाँउ देखी शहर सम्म कृत्रिम फुलले पछिल्लो समय तिहार रगाउदै गरेको छ । पछिल्लो समय गाँउघरमा थोरै मात्रामा प्राकृतिक फुलहरु फुल्ने र रोप्ने गरेकोले सवैले कृत्रिम फुलले तिहार मनाउन सुर गरेको घोराही उप–महानगरपालिका १२ की रमा घर्तिले वताउनुभयो । उहाँले भन्नुभयो ‘ घरमा पनि छैन । गाँउ कतै –कतै मात्र पाईन्छ । ’ त्यही भएर यही बजारे फुलले भए पनि तिहार मनाउने सुर गरेकी छु । पहिला पहिला गाँउमा पनि , घरमा पनि फुलैफल हुन्थ्ये । हिजो आज ति फुलहरु पाईन छोडे बजारका फुलले तिहार मनाउनु पर्ने वाध्यता छ । पछिल्लो सयम फुलको व्यावसायिक खेतीको हुन नसक्दा कृत्रिम फुले तिहार मनाउनु पर्ने वाध्यता रहेको उहाँलेले वताउनुभयो ।
पछिल्लो समय कृत्रिम फुलको प्रचलनले तिहार संगै फुलको लोकप्रियता घटाउदै लगेको छ । बजारमा पाईने विभिन्न आकार प्रकारका रङरोगनका फुलहरुले गाँउघरमै पाईने फुुलको लोकप्रियता निकै घटाएको संस्कृतविद प्राध्यापक डाक्टर शिव कुमार सुवेदी वताउनुहुन्छ । उहाँले भन्नुहुन्छ ‘ फुल र तिहारको ’ आफ्नै मौलिक पहिचान छ । त्यो पहिचान पछिल्लो समय कृत्रिम फुलहरुले विस्तार मेटाउदै लगेृको छ । शरद ऋतुको आगमन संगै मखमली सयपत्री , हजारी र गुर्धाैली फुलहरु फुल्ने फक्रने भएकाले कार्तिक संग फुल सम्वन्ध धार्मिक मात्रै नभई प्राकृतिक अनुकरणीय रहेका वताउनुभयो । तिहारमा दिदि बहिनीले दाजु भाई पुज्ने पर्व पुजा सामाग्री र पुजाको शोभाका लागि फुलको प्रयोग गर्ने गरेको धार्मिक किमदन्ती रहेको उहाँले वताउनुभयो ।
पछिल्लो समय पर्वका नाममा हुने विकृती मध्ये पनि कृत्रिम फुलको विकास हुदै गईरहेको छ । जहाँ चार्डपर्वको धार्मिक एंव साँस्कृतिक पहिचान पनि हराउदै जान थालेको छन । पश्चिमेली संस्कृतिको विकास संगै साँस्कृतिक चालचलन र परम्परामा यस्ता विकृती देखा परेको संस्कृतविद सुवेदीले वताउनुभयो । संस्कारको संस्कृतिको विकास यस्ता विकृतिको विकासले परम्परागत मौलिक साँस्कृतिक परम्परागत पहिचानहरु विस्तारै लोप हुने अवस्थामा पुगेको उहाँले वताउनु भयो । उहाँले भनुभयो –केही समय पहिला भाईपुज्दा दिदी बहिनीले सयपत्री र मखलमीको माला लगाई पुज्दथ्ये । त्यस पछि हजारी र अहिले बजारीको प्रचलन आएको छ । बजारी फुले बजारको रङगीचङगी देखाए पनि तिहारको मौलिकता लाई निकै घटाएको छ ।
सुवेदीले भन्नुभयो ‘दाङमा व्यावसायिक फुल खेतीको सम्भावना हुदा हुदै पनि दङगालीहरु कृत्रिम फुलको भरमा पर्ने गरेको छौ । ’ फुल खेतीका लागि उपयुक्त हावापानी , माटो र मौसम रहे पनि फुल खेतीको विकास हुन सकेको छैन । व्यावसायिक फुल खेतीको विकास हुन सके दाङ आर्थिक रुपमा मात्रै होईन । साँस्कृतिक रुपमा पनि स्वभनिय देखिन सक्ने उहा भन्नुहुन्छ । उहाँले भन्नु फुल खेतीमा मात्रै होईन । प्रत्येक घरमा ४÷६ बोट मात्रै हजारीका फुलका बोटबिरुवा रोप्ने चलनको विकास गर्न सकेमा मात्रै दाङ लाई कृत्रिम फुलको आवश्यक नपर्ने उहाँको भनाई छ ।
दाङमा २० लाख रुपैयाको फुल आयात
दशै पछि मात्रै दाङमा २० लाख रुपैयाको कृत्रिम फुल भित्रिएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अनुसार दाङमा तिहारका लागि मात्रै २० लाख रुपैयाको कृत्रिम फुल आयात गरीएको जनाएको छ । दाङ जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष नारायण प्रसाद भुषालका दिएको जानकारी दिनुभयो । उहाँले भनुभयो– ‘ कृत्रिम फुलमा मात्रै दाङ वाट वर्षेनी लाखौ रुपैया वाहिरीने गरेको छ । ’
यस वर्ष पनि २० लाख रुपैयाको फुल खरिद गरिएको छ । दाङमा प्राकृतिक फुलको उत्पादन र खेती हुन नसक्दा दाङले साँस्कृतिक लोकप्रियता संगै आर्थिक व्ययभार पनि खेप्नु परेको वताउनुभयो । दाङमै व्यावसायिक फुल खेतीको विकास हुन सके दाङ फुल पकेट क्षेत्रको रुपमा पनि विकास गर्न सक्ने सम्भावना रहेको छ । फुलमा मात्रै दाङ लाई आत्मनिर्भर वनाउन सकेमा दाङ आर्थिक रुपमा पनि केही सक्षम बनाउन सकिने उहाँले वताउनु भयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।