एमाले स्थायी समिति बैठक बस्दै



 

सैघाली खबर
काठमाडौं,३१ असोज


नेकपा एमाले स्थायी समितिको बैठक आज बस्दैछ । समानुपातिकको सूचीलाई अन्तिम रुप दिन बैठक बस्न लागेको हो । काठमाण्डुको गोकर्णको एउटा रिसोर्टमा बस्न लागेको बैठकमा निर्वाचन आयोगमा बुझाएको सूचीलाई फेरबदल गरेर अन्तिम रुप दिइनेछ ।

बैठक दिउँसो ३ बजे बोलाइएको एमाले सचिव तथा प्रवक्ता योगेश भट्टराईले जानकारी दिनुभयो । निर्वाचन प्रणालीतर्फ विभिन्न ४९ वटा राजनीतिक दलले प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारको बन्दसूची पेश गरेका छन् ।

कान्तिपथ स्थित निर्वाचन आयोगमा रहेको समानुपातिक तर्फको निर्वाचन अधिकृतको कार्यालयमा राजनीतिक दलले आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची आइतबार पेश गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्