आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस



सैघाली खबर
काठमाडौं,३१ असोज


आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाईंदैछ । संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा अक्टोबर १७ का दिन यो दिवस मनाउने निर्णय गरेसँगै प्रत्येक वर्ष यो दिवस विश्वभर मनाउने गरिएको छ ।

यसवर्ष ‘गरिबी अन्त्यका लागि अन्तर्राष्ट्रिय गरिबी निवारण दिवसको आह्वान  शान्तिपूर्ण र समावेशी समाज निर्माणतर्फको यात्रा नै हो समाधान’ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ ।

दिवसको अवसरमा प्रधानमन्त्री शेरबहादुर देउवाले शुभकामना दिनुभएको छ । उहाँले शुभकामनामार्फत एक्काइसौं शताब्दीमा आइपुग्दा गरिबी अस्वीकार्य विषय हो भन्दै सन् २०३० सम्म गरिबी अन्त्यको लक्ष्यमा सरकार प्रतिबद्ध भएको बताउनु भएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्