मुख्य समाचार

पोर्चुगलका दुई वटा जंगलमा आगलागी, कम्तिमा ३१ जनाको मृत्यु

By थाहा अनलाइन

October 17, 2017

सैघाली खबर काठमाडौं,३१ असोज

पोर्चुगलका दुई वटा जंगलमा भएको आगलागीमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको छ । पोर्चुगलको उत्तरी सीमामा रहेको स्पेनिस क्षेत्र गालिसिया क्षेत्रको जंगलबाट आगलागी भएको हो । यस्तै पोर्चुगलको मध्य क्षेत्रमा रहेको जंगलमा पनि आगलागी भएको छ । दुवै जंगलमा लागेको आगोमा परेर कम्तिमा ३१ जनाको मृत्यु भएको र धेरै घाइते भएको अधिकारीहरुले जनाएका छन् ।

गर्मी मौसम र हावाहुरीका कारण आगो तिव्ररुपमा फैलिएको बताइएको छ । आगलागी नियन्त्रणमा लिन हजारौं अग्नि नियन्त्रक खटिएका छन् । आगलागी फैलिएको उत्तरी पोर्चुगलको तागुस नदी क्षेत्रमा आपतकालिन अवस्था घोषणा गरिएको छ ।यो क्षेत्रमा आगो निभाउनका लागि ६ हजार भन्दा बढी अग्नि नियन्त्रक खटिएका छन् । आगलागीका कारण बाटो बन्द भएको छ ।