शान्तिनगरमा मतदान शिक्षा



दाङ, जेठ १५ पश्चिम दाङको शान्तिनगर गाउपालिका १ की वेद कुमारी डाँगीले यस अघि मतदाता शिक्षा पाउँनु भएको थिएन । अहिले सम्म मतदान समेत गर्नु भयो न कसैले मतदान गर्ने तरिका सिकायो । सीडले आयोजना गरेको मतदाता शिक्षा कार्यक्रमबाट उहाले मतदान गन सिकाउँदा निकै हसित हुनु हुन्थ्यो । सीडले पश्चिम दाङको शान्तिनगर गाउपालिका १ , २ , ५ र ६ मा आईतबार मतदाता शिक्षा सञ्चालन गरेको छ । शान्तिनगर १ र २ मा ४५ जनालाई मतदाता शिक्षाका बारेमा जानकारी गराईएको सीडका सहजकर्ता कल्पना खड्काले जानकारी दिनुभयो । मत बदरको संख्या घटाउन मतदाता शिक्षा कार्यक्रम आयोजना गरिएको सहजकर्ता आकासजंग घर्तीले बताए । त्यसअबसरमा त्यहाँका बासिन्दा, गाबिसका प्रतिनिधि, बुद्धिजिवी, नागरिक सचेतना केन्द्र लगायतको उपस्थिति रहेको थियो । गाबिसका प्रतिनिधि तथा सीडका प्रतिनिधिले मतदातालाई मत बदर नहुँने गरी मतदान गर्न सिकाउँनु भएको थियो । matadata educationकार्यक्रमको सहजीकरण कार्यक्रम अधिकृत अनिता पोख्रेलले गर्नु भएको थियो । शान्तिनगर गाउपालिका ५ र ६ मा ३० जनाले मतदाता शिक्षाका बारेमा जानकारी लिएका थिए । सीडका कार्यक्रम अधिकृत माधव चौधरीको अध्यक्षता तथा गाबिस सचिब राजेश कुमार गुप्ताको प्रमुख आतिथ्यमा मतदान शिक्षा कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्