उपचारको लागि आएका एक दम्पती आर्थिक अभावले अस्पतालमै भाँडा माझ्दै



नेपाली समाजमा पैसा कमाउने काम घरको श्रीमान वा पुरुषको हो भन्ने आम बुझाई छ । तर यस्ता एक जोडी पनि छन् जहाँ श्रीमानको विगत तीन वर्ष देखि मृगौलाको उपचार गराउँदै एक छोरासहितको तीन जनाको परिवार चलाउँदै आएकि छन् एक महिलाले । अझ श्रीमानको उपचार खर्च जुटाउन नसक्दा अस्पतालकै क्यान्टिनमा भाँडा माझ्ने गरेकि छन् ।

राममाया सार्की जो आफ्नो पति लोकबहादुर सार्कीको उपचारकै लागि संङर्घष गरी रहेकिछन् । सिन्धुली जिल्लामा सामान्य गुजारा गर्दै आएका यी परिवार लोकबहादुरको उपचारकै लागि काठमाडौं आए ।

जब जो कोहिलाई पनि कसैको सहयोगको आवश्यकता पर्दछ उसले पहिलो पटक आफ्नो घर परिवार र आफन्तलाई सम्झन्छ र सहयोगको आशा गर्दछ । तपाई हामी मध्ये जो कोहिले पनि आपत विपतमा परिवारको साथ पाएकै हुन्छौँ । तर यी दम्पतीको भने विडम्बना उपचार गर्नको लागि काठमाडांै आएको तीन वर्ष भयो तर आज सम्म परिवारको साथ पाउन सकेका छैनन् । घरबाट आउँदा ल्याएको केहि सिमित पैसा पनि केहि समयमा नै सामान्य उपचार गर्दैमा सकियो तर परिवारले के–कस्तो अवस्था छ, पैसा छ छैन, कसरी बसेको छ भनेर बुझ्नको लागि एक पटक फोनसमेत नगरेको ती दम्पतीले बताए ।

लोकबहादुरले आफू दशैमा घर गएको समयमा आफ्नो परिवारलाई मृगौला फेर्नको लागि पैसा मिलाईदिन अनुरोध गरेको तर परिवारले भने हामीबाट केहि पनि हुन सक्दैन भन्ने जवाफ दिएको उनले बताए । अहिले ३० वर्षका लोकबहादुरलाई एउटा मृगौला श्रीमती राममायाले दिने भएकि छन् त्यति हुँदा पनि १६ लाख सम्म खर्च हुने र आवश्यक रकम आफूसंग नभएपछि सहयोगको याचना गरेका छन् ।

हेर्नुहोस् यो भिडियो,

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्