टप फिचर

अब इमेलबाटै श्रम स्वीकृति, पासपोर्टको स्टीकर इमेलबाटै

By थाहा अनलाइन

November 13, 2019

वैदेशिक रोजगारीमा जाँदा वैदेशिक रोजगार विभागबाट पाउने श्रम स्वीकृतिको स्टीकर अब नेपाली कामदारले इमेलमार्फत नै पाउने भएका छन् ।

विभागले कामदारलाई राहदानीमा टाँस्ने स्टीकरको सट्टा ई-स्टीकर दिन मंगलवारदेखि शुरू गरेको हो । अब कामदारले आफ्नो इमेलमार्फत नै त्यस्तो स्टीकर पाउने भएपछि स्टिकर टास्ने व्यवस्थाको अन्त्य भएको छ ।

अब कामदारले इमेलमार्फत आफूले प्राप्त गरेको इ-स्टीकर प्रिन्ट गरेर वा मोबाइलबाटै विमानस्थलको अध्यागमन लगायतका आवश्यक ठाउँमा देखाउन सक्ने जानकारी विभागले दिएको छ । अब कामदारले श्रम स्वीकृतिका लागि श्रम कार्यालयमा एकपटक मात्र पासपोर्ट बुझाए हुने भएको छ ।

एकपटक ई-स्टीकरमार्फत श्रम स्वीकृति लिएका कामदारले अर्को पटक स्वीकृति लिँदा सम्बद्ध कार्यालयमा पासपोर्ट नम्बर मात्र बुझाए हुने व्यवस्था गरिएको छ । त्यसको आधारमा उक्त कामदारले त्यस्तो स्टिकर आफ्नो इमेलमा प्राप्त गर्ने जानकारी विभागले गराएको छ ।