अटो चलाएर आत्म निर्भर



समिक्षा गाहा

दाङ,३१ असोज ।घोराही १८ का लक्ष्मी रानाले घोराही बजारमा अटो कुदाउदा सबै जना हाँस्थे । परिवार पाल्नका लागि दुईचार पैसाको जोहो गरेर किनेको अटो देख्दा उहाँ निकै फुरुङग हुनु हुन्थ्यो । परिवारको नुन,तेलको जोहो समेत अटो मार्फत टार्दै आएको लक्ष्मीको परिवारलाई सुरुमा निकै मुस्किल नै प¥यो । पुरुषले गर्नेकाम महिलाले कसरी गर्न सक्ला भनेर गाउँले देखि बजार सम्मका दिदी बहिनीले उहाँलाई गिज्याए । तर लक्ष्मीले हिम्मत हार्नु भएन बरु अटो चलाउने कामलाई निरन्तरता दिदै आउनुभयो । बिस्तारै परिवारमा दुईचार पैसा आम्दानी हुनथाल्यो । लक्ष्मीलाई परिवार चलाउन केही सहजभयो । आम्दानीको श्रोत नभेट्दा, सिलाई कटाई, होटल देखि फलफुल पसल समेत गर्दै आएकी लक्ष्मीका लागि पछिल्ला दिन फर्किएको अनुभव सुनाउनुभयो । आफै अटो किनेर चलाउन थाले संगै दुईचार पैसाका कमाउन थालेपछि निकै हर्सित बनेको वताउनुभयो । मनमा आट र साहस भए महिलाले जुन सुकैकाम गर्न सकिन्छ भन्ने उदाहरण आफुले दिएको वताउनुभयो ।

 

नेपाल यातायात स्वतन्त्र मजदुर सगठंन इ— रिक्सा कमिटी घोेराहीकी अध्यक्ष लक्ष्मी राना प्युठान स्वर्गदारी बाट बसाइ सरी हाल घोराही बसि रहेको उल्लेख गर्नुभयो ।उहाले भन्नु भयो शुरुमा फलफुल पसल गरे त्यसबाट राम्रो आम्दानी भएन त्यसपछि , होटल गरे त्यो पनि भएन र अहिले अटो किनेर चलाउदै छु यसबाट राम्रै आम्दानी भएको उहाँले थप्नुभयो । शुरुमा अटो निकाल्न त्यति धेरै पैसा थिएन ऋण मागेर अटो निकाले भन्नुभयो । अटो चलाएर छ जनाको परिवार पालन पोषण गर्न पुगेको छ उहाँले भन्नुभयो ।

 

 कस्तो चल्दै छ नि काम ? 
काम राम्रो चल्दैछ ,मेहनत गरे पछि राम्रै हुदो रहेछ ।

 हाम्रो समाजमा पुरुषले जति महिलाले काम गर्नैै सक्दैनन भन्छन नि तर तपाईले गरी रहनु भएको छ कति सजिलो छ ? 

यो काम सजिलो छैनपुरुष सगं लडेर खानु पर्छ महिला भनेर पुरुष त्यति धेरै बिश्वास गदैनन ,त्यहि माथी अटो चालकहरु नै प्रतिस्पर्धामा छन समितीले भाडाढर कायम गरेको छ तर नियममा छैन ।

 महिला भएकै कारण त्यस्तो अपहेलित ब्यबहार बेहोर्नु पर्ने अबस्था छ की छैन ?
महिला चालकलाइ धेरै नै चुनौतिहरु हुदा रहेछन । बढी महिला बाट नै त्यस्तो ब्यबहार भएको पाइयो महिलाले महिलाको बिश्वासमा कमि भएर हो । कतै पल्टाउ छन कि कतै सक्दैनन कि भन्ने सोच हुदो रहेछ। अरु त खासै त्यस्तो केहि छैन ।

अटो रिक्सा चालकहरुका लागि बिभिन्न निकाय सगं के माग गर्नै चाहानु हुन्छ ?
ट्राफिक प्रहरीले लाईसेन्स भनि राख्नु भा छ यातायातमा गएर बुझदा तिहार पछाडी भन्नु हुन्छ त्यसैले अटो चालक हरुको लागी तीन ÷तीन महिनामा लाईसेन्स खुलाउनु पर्छ । अनि अटो पार्किङको व्यवस्था मिलाउनु पर्छ

 

छोटो समयमा नै अटो बाट राम्रो कमाई भएको उहाले बताउनु भयो ।अटोको कमाई बाटै घोराहीमा सानो घर बनाइ सकेका वताउनुभयो । दैनिक १ हजार देखि १५ सय सम्म आम्दानी गरेको वताउँदै घर व्यवहार चलाउन समेत सहज भएको अनुभव सुनाउनुभयो ।छोरा छोरीको पढाइ खर्च समेत धान्दै आएको वताउँदै पछिललो समेत अटो व्यावसायीलाई तालिम समत प्रदान गर्दै आएको उल्लेख गर्नुभयो ।उहाले हाल सम्म १७ जना महिलालाइ तालीम दिई अटो चलाउदै आएको वताउनुभयो ।अटो चलाउन थालेपछि श्रीमानमा आश्रित हुन नर्पर्ने अबस्था रहेको वताउनुभयो ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्