जीवन रक्षाकोे लागि बिमा ः ध्रुमुस



सैघाली खबर,
तुलसीपुर ३१ असोज ,
नेपाल सरकारका सरसफाई दुत सीताराम कट्टेल ९धुर्मुस० ले जीवन सुरक्षाका लागि बिमा आवश्यक रहेको बताएका छन् । जीवन सुरक्षित खुशीयाली बनाउन जीवन बिमाको भुमिका महत्वपुर्ण हुने उनले बताए । सन नेपाल इन्स्योरेन्स राप्ती शाखाको तुलसीपुरमा सोमबार उद्घाटन गर्दै उनले भविष्यका लागि महत्वपूर्ण पक्ष रहेको बताए ।

सरकारले पछिल्लो समय स्वास्थ्य बिमाको कुरालाई अघि सारेर उदाहरणीय काम गरेको भन्दै यसलाई देशै भर छिटो भन्दा छिटो लागेर अकालमा ज्यान गुमाउनेहरुका लागि सहाराको भूमिका निर्भाह गर्न समेत आग्रह गरे । फरक प्रसंगमा उहाँले सामाजिक मुल्यमान्यता र संस्कृति हराउदै गएको प्रति चिन्ता व्यक्त गर्दैै मानवीय भावना जोगाइ राख्नु पर्नेमा जोड दिए ।
सो कार्यक्रमा बिमा कम्पनीका महाप्रबन्धक कमलराज गौतमले दुई सय करोड अधिकृत पुँजी रहेको बताउदै एक सय ४० करोड जारी र एक सय २० करोड बिमितहरुका लागि तयारी अवस्थामा राखीएको दाबी गरे । कार्यक्रको बारेमा सन नेपाल इन्स्योरेन्सका प्रवन्धक मोतिलाल भट्टराईले प्रकाश पारेका थिए । हरिभक्त भण्डारीको अध्यक्षतामा कार्यक्रम भएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्