मेयेरका एक सय दिन ः प्रतिबद्धता गरेका अधिकांस काम पुरा भएनन्



दिपक बोहरा,
तुलसीपुर ३१ असोज ,।

तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले एक सय दिनको अवसर पारेर एक सय दिनको उपलब्धि सार्वजनिक गरिएको छ । नगर प्रमुख घनश्याम पाण्डेले मेयरको पदभार समाले पछिको एक सय दिन पुगेको अवसरमा पत्रकार सम्मेलनको आयोजना गरि अहिले सम्म गरेका कामको विवरण सार्वजनिक गरेका हुन ।

निर्वाचनको बेला प्रतिवद्धता गरे अनु्सार र आफु मेयरमा निर्वाचित भए पछि गरेका १९ वटा कामको पत्रकार सम्मेलन गरेर उपलब्धी सार्वजनिक गरेका छन ।

मेयरले एक सय दिनमा गर्ने भनिएका जनता सामु बाचा गररेका अधिकांस काम पुरा हुन सकेका छैनन् । निर्बाचनको बेला मतदाता समक्ष पुगेर एक सय दिनमा गर्ने भनेको अधिकांस काम पुरा हुन सकेका छैनन् ।

जसले गर्दा उनको आलोचना बढेको छ । उनले उपमहानगरपालिकाको काममा भन्दा पनि बिदेश भ्रमणमा ब्यस्त देखिएको आरोप लाग्ने गरेको छ । उनले भने आफु चिन भ्रमणमा जानुलाई उपलब्धिका रुपमा लिएका छन् । उनले एक सय दिनमा गर्ने भनेका काम मध्य सुत्केरी भत्ता बढाउनु बाहेक अन्य कुनै पनि काम पुरा हुन नसकेको स्वीकार गरेका छन् ।

तुलसीपुरमा ब्लड बैंंक सञ्चालन गरेको कुरालाई पनि उपलब्धिका रुपमा मानेका छन् । तर उक्त ब्लड बैंक सञ्चालनमा ल्याउनुमा उपमहानगरपालिकाको नाममा मात्र जोडिएको तर योग्दान अस्पताल बिकास समिति र रेडक्रसको रहेको टिप्पनी हुने गरेका छन् ।

उनले एक सय दिन भित्रै टरिगाउ एयरपोर्टलाई सञ्चालनमा ल्याउने भनी गरेको प्रतिबद्धतालाई भने बिर्षिएका छन् । उनको काममा उपलब्धिको सुचीमा टरिगाउ एयरपोर्ट सञ्चालनमा ल्याउने कुरा उल्लेख छैन्एक सय दिनमा गरेका अन्य कामहरु मध्य विभिन्न कार्यविधि निर्माण गर्नु, उपमहानगरपालिका भित्रको प्रशासनिक व्यवस्थापन गर्नु, तुलसीपुरको सरसफाईको नेतृत्व लिनु, विपत्तिमा तत्काल सहयोग गर्नु, बसपार्क निर्माणको अवरोध समाधान गरि निर्माण सुरु गर्नु, चीन भ्रमण जानु, कृषि उद्यममा जोड दिनु, नगरका ठूला पुर्वाधारको अध्ययन गर्नु, बालबालिका पुनस्र्थापना गर्नु, बजारको व्यवस्थापन गर्नु, तुलसीपुर स्मार्ट सिटी छनोट, टरिगाउँ विमानस्थल सुचारुको प्रयास, बन्द बाटो सुचारु र निर्माण, हरेक वडामा एम्बुलेन्स, एकिकृत बृहत शहरी विकास योजना निर्माण, शिक्षालाई सुधार गरेको कुरालाई उपब्धि मानेका छन् ।

उनले एक सय दिनमा गर्ने भनेका अधिकांस कामहरु पुरा गर्न नसकेपनि प्रक्रियामा रहेको बताए । केही समयमा उनले सबै काम पुरा गर्ने प्रतिबद्धता पनि जनाएका छन् । उनले जनताको भाबना अनुसार कामलाई अगाडि बढाएको बताए । साथै जनस्तरबाट आएका गुनासोहरुलाई पनि समेटेर आँउदा दिनमा उपमहानगरको सेवा र बिकास निर्माणको कार्यलाई अगाडि बढाउने बताए ।

उप मेयर माया आचार्यले स्वागत गरेको कार्यक्रमको सहजीकरण कार्यकारी अधिकृत टोपेन्द्र बहादुर केसीले गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्