मुकुण्डाँडामा फुटबल प्रतियोगिता सुरु



निमु सगंम घर्ती,
घोराही, ३१ असोज।
घोराही उपमहानगरपालिका ९ मा वडा स्तरीय फुटबल प्रतियोगिता सुरुभएको छ । नव युवा क्लब घोराही ९ मुकुण्डाँडा अस्परीको आयोजना र वडा कार्यालयको आर्थिक सहयोगमा मंगलबारबाट फुटबल प्रतियोगिता सुरुभएको हो ।

क्लवका अध्यक्ष गेहेन्द्रबहादुर बस्नेतको अध्यक्षता एवं उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीको प्रमुख आतिथ्यता र वडा अध्यक्ष मानबहादुर बस्नेतको बिशिष्ट आतिथ्यतामा प्रतियोगिताको उद्घाटन गरिएको छ ।

वडामा रहेका ११ वटा युवा क्लवको सहभागिता रहेको प्रतियोगिता कार्तिक २ गते सम्म सञ्चालन हुने भएको छ । कार्यक्रममा बोल्दै प्रमुख अतिथी मेयर नरुलाल चौधरीले खेल क्षेत्र अनुशासन सिकाउने माध्यम भएको बताउनुभयो ।

अनुशासन, लगानशिलताले नै सफलता प्राप्त गर्न सकिने भन्दै उहाँले उत्कृष्ठ खेल प्रर्दशन गर्न खेलाडीहरुलाई आग्रह गर्नुभयो । घोराही उपमहानगरपालिकाले प्रत्येक वडामा खेल मैदान बनाउने, खेलाडीको बिमाको व्यवस्था गर्ने, विद्यालय शिक्षाबाटै खेललाई प्राथमिकता दिने, खेलाडीलाई प्रशिक्षणको व्यवस्था गर्ने कार्यक्रमलाई पारित गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा क्लवका अध्यक्ष गेहेन्द्रबहादुर बस्नेतले मुकुण्डाँडामा रहेको २२ विगाह सार्वजनिक जग्गाको संरक्षणमा बिषेश ध्यान दिन उपमहानगर प्रमुखलाई ध्यानआकर्षण पत्र समेत बुझाउनुभएको छ ।

क्लवका सल्लाहकार राजेन्द्र बिकको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रमको सहजिकरण सचिब तारा केसीले गर्नुभएको थियो । प्रतियोगितामा पहिलो हुनेलाई ८ हजार, दोस्रो हुनेलाई ४ हजार र तेस्रो हुनेलाई २ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्