माआवादी केन्द्र सरकारबाट बाहिरिने



सैघाली खबर,
काठमाडौं, ३१ असोज ।– नेकपा माआवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ । पार्टीका तर्फबाट मन्त्री बनेकाहरुलाई यसबारे सर्कुलर पठाइसकिएको र पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यससम्बन्धी जानकारी मंगलबार नै प्रधानमन्त्री शेरबहादुर देउवालाई गराउने माओवादी केन्द्रका एक नेताले जानकारी दिनुभयो ।
विपक्षी दल एमालेसँग गठबन्धन गर्ने घोषणा गरेपछि माओवादी केन्द्र र मुख्य सत्तारुढ घटक नेपाली कांग्रेसबिच दुरी बढेको थियो । माओवादी केन्द्रले सरकार नछोड्ने बताउँदै आएपछि प्रधानमन्त्री देउवाले सरकारबाट बाहिरिन आग्रह गर्नुभएको थियो ।

विपक्षी दलसँग गठबन्धन गर्ने भएपछि सरकारमा बसिरहनु उचित नहुने भन्दै सरकारबाट नहटे माओवादीबाट बनेका मन्त्रीहरुलाई विना विभागीय बनाउने वा सरकारबाट हटाउने तयारी गरेपछि माओवादीले सरकारबाट बाहिरिने भएको हो ।

प्रधानमन्त्री देउवाले माओवादीले पाएको जिम्मेवारी राप्रपाका तर्फबाट बनेका मन्त्रीहरुलाई दिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री देउवाले यसअघि नै राप्रपाका तर्फबाट ४ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरिसक्नुभएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्