स्थानिय तहमा स्वास्थ्य संस्था हस्तान्तरण



गोविन्द खड्का
दाङ, ३१ असोज
अब दाङका स्वाथ्य संस्थाहरु स्थानिय तहमा विधिवत हस्तान्तरण भएका छन् । जिल्लाका नवनिर्वाचीत जनप्रतिनिधिहरु तथा कार्यकारी अधिकृतहरुलाई सोमवार घोराहीमा त्यसका फाइल बुझाईएको हो । 

जिल्ला समन्वय समितिका संयोजक जितेन्द्रमान नेपालीको अध्यक्षतामा भएको कार्यक्रममा श्रीगाउ र सिउजाका प्राथमिक स्वाथ्य केन्द ्र र जिल्लाका विभिन्न ठाउमा रहेका ३६ स्वाथ्य चौकिहरुलाई स्थानिय तहमा बुझाईएको हो । लमहिको अस्पतालका बारेमा भने अर्को निर्णय नहुदा सम्म यथावत राखीने जिल्ला जनश्वास्थ्य कार्यालयका शाखा अधिकृत मिनराज पाण्डेयले जानकारी दिनुभयो ।

स्वास्थ्य संस्थाहरुमा आवश्यक पर्ने औषधि र बजेट स्थानिय तहले नै विनियोजन गर्ने भएका छन् । संस्थाका नाममा रहेको चल अचल सम्पती अबका दिन देखि स्थानिय तहको मातहतमा रहने भएको छ । ठुला महामारी वा अन्य आवश्यक औषधि उपकरण बाहेक सबै व्यवस्था स्थानिय तहबाट हुने छ ।

यसले स्थानिय स्वाथ्य संस्थालाई बलियो र जिम्मेवार बनाउने प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताउनुभयो । राज्य दायित्ववाट नहटेको भन्दै प्रजिअ श्रेष्ठले आवश्यकताको पहिचान गरी सम्वोधन गर्न हस्तान्तरण गरिएको रुपमा बुझ्न आग्रह गर्नुभयो । गाउ नगर सभावाट पारित गर्दै अझ राम्रो सेवा दिन कर्मचारीहरुलाइ निर्देशन दिनुभयो । ‘विस बर्ष तपाईले नेतृत्व गर्नुभयो’ प्रजिअ श्रेष्ठले कर्मचारीतर्फ ईगित गर्दै भन्नुभयो ‘अव तपाईको साथमा जनप्रतिनिधि आउनुभएको छ । चलिरहेको भन्दा निकै राम्रो गरेर देखाउनुस् ।’ उहाले सक्षम नेतृत्व प्रदान गरीदिन जनप्रतिनिधिहरुलाई पनि आग्रह गर्नुभएको थियो ।

त्यस संगै नवनिर्वाचित जनप्रतिनिधि र कार्यकारी अधिकृतहरुलाई शुसासन र पोषण समेट्नेगरी एकिकृत पोषण सम्वन्धि अभिमुखिकरण गराईएको थियो । सुआहारा केन्द्रिय कार्यालयकाका सुसान व्यवस्थापक विश्वरमण न्यौपानेले विभिन्न देशका अनुभुति सहित प्रशिक्षण दिनुभएको थियो ।

कर्म नै परिचय हो भन्दै प्रस्तुति शुरु गर्नुभएका न्यौपानेले पहिचान दिने कुनै काम गर्न जनप्रतिनिधिलाई आग्रह गर्नुभयोे । आफुलाई मन पर्ने होईन अरुलाई मन पर्ने विकास गर्नुपर्ने जिसस संयोजक नेपालिले प्रतिकृया दिनुभएको थियो । न्यौपानेले तालिम अबधिभर धेरैपटक तालि बजाउन, हास्न लगाउनुभएको थियो । उहाका अनुसार स्थानिय तहमा काम गर्दा जति धेरै जिम्मेवारी भएपनि हासि हासि फत्ते गर्ने विधि हा“सो हो । काम पुरा नभएपनि सन्तुष्ट बनाउछ ।
नेपाल आमा, दंगाली आमा र जन्माउने आमालाई याद गरेर सहभागिलाई पटक पटक हातजोडेर वाचा गर्न लगाईएको थियो । त्यसको भार तिर्न क्रियाशिल र नया काम गर्न जुरुरी रहेको बोध गराईएको थियो । जनताले भोट दिएर अधिकार सुम्पिएकाले कर्तव्य पुरा गर्न आवश्यक रहेको खेलका माध्यम बाट स्पष्ट पारीएको थियो । हास्दै रमाउदै सिकाउने प्रशिक्षकको शैलिले लामै समय वितेको पत्तै पाईदैन्थ्यो । नेता र देशलाई सराप्दै दिनभरी क्यारेम खेलेर बिकास नहुने भनिरहदा धेरैजना खित्का छोडी हा“सेका थिए । कहिको अनुहार अध्यारोले छोपेको थियो । केहि दिन अघि मात्रै जुवा खेल्दै गर्दा केहि जनप्रतिनिध प्रहरी हिरासतमा पुगको छन् ।

विसौ बर्ष उट चराउन, दाउरा चिर्न, भंगि बन्न, डोरीमा सुर्किएर सैयौतलाका घर रंगाउन विदेशमा जानु नपर्ने बाध्यता जनप्रतिनिधिले हटाउन सक्छन् । आकाशमा उडेर बाकसमा फर्किने परिवेशको अन्त कसले गर्ने हो भनेर प्रशिक्षकले सहभागिलाई सोध्नु भएको थियो । उहाले छोरालाई विदेशमा लेबर बन्न पठाउने बाउले यहा राष्टियताका गफ चुट्ने, त्यसकै चर्का कुरा गर्ने पार्टिलाई भोट हालेर समस्याको समाधान नहुने बताए पछि धेरैको अनुहार बदलिएको थियो ।
श्रृजनशिलता, विवेकशिलता र कृयाशिल सक्षम नेतृत्व बन्ने उपाए भन्दै व्यापक छलफल गरीएको थियो । आचि गरेपछि हात धुनु पर्छ, खानु खुवाउनु अघि सावुन पानीले हात धुनपर्छ भन्ने सिकाउन जरुरी रहेको स्पष्ट पारिएको थियो । अरु देशका उदाहरणले चन्द्रमा बस्छु भनेर नफलाक्न आग्रह गरिएको थियो । शिक्षित स्वच्छ र दक्ष समाज निर्माण गर्ने लक्ष्य रहेको जनप्रतिनिधिहरुले बताएका थिए । परिवर्तन भौतिक हुने भएकाले ईतिहासमा लडाई भिडाई र आन्दोलन भएका थिए । अब रुपान्तरणकाो सवाल छ त्यो मानसकि हो त्यसका लार्गि चेतनाको दियो बाल्नुपर्छ । मापन योग्य नतिजा, उपभोक्ता बादि बाट उत्पादन बादिमा रुपान्तरण, रितपु¥याउने योजना होईन सन्दर्भले मागेको योजना, गफ कम नतिजा धेरै ल्याउने प्रतिबद्धता जनाए ।

घर घरमा सिंह दरवारको अर्थ दिने गरी हरेक व्यक्तिको थालिमा दाल भात, रोटि तरकारी, माछा मासु, सागपात, फलफुल दहि दुध यावत बस्तु पर्ने गरी सबै मन्त्रालय मिसिएको सिंह दरबार दिन सहमत भएका छन् । गर्भवतिलाई भन्दा पहिला आफु खाने, मिठो मासु चटनी बनाएर रक्सीमा सिध्याउने, बच्चा ठिक भएन, दिमाग छैन, पढ्न जान्दैन, सुन्दर भैन यस्तै कुराले उल्टो महिलालाई हिंसा गर्ने समाज अन्त गर्ने भएका छन् । अधिकांश मरी मरी हासेको देखिन्थ्यो । हासो पोषाकमा होईद दिलमा हुन्छ । उठ्न बस्न नसकिने पोषाक लगाएर बेकामे छौ । पुड्को पन, वाल मृत्युदर हटाउने जस्ता योजना पारित गरेर अघि बढ्ने भएका छन् । त्यसका लागि जति भोट त्यति केरा मेवाको बोट, एक गरा एक जरा जस्ता नारा डाईरीमा टिपेका थिए ।

सो अवसरमा राजनीतिक दलहरुको घोषणा पत्र र नेपालको सविधानमाभएका पोषण सम्वन्धि व्यवस्था देखाईएको थियो । सो कार्यक्रमको सहजीकरण जिल्ला जनश्वास्थय कार्यालयका कुन्दन ठाकुरले गर्नुभएको थियो । जिल्ला जनश्वाथ्य अधिकृत घनश्याम पोख्रेल लगाएतको उपस्थिति थियो । जिल्लाका दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउपालिका प्रमुख, कार्यकारी अधिकृतको सहभागिता रहेको सुआहाराका वास अधिकृत गोविन्द पौडेलले जानकारी दिनुभयो । जिल्ला जनश्वास्थ्य कार्यालय दाङ र सु आहाराको संयुक्त आयोजनामा ‘नवनिर्वाचित जनप्रतिनिधिहरुका लागि एकिकृत पोषण सम्वन्धि अभिमुखिकरण तथा स्थानिय तहमा स्वाथ्य संस्था हस्तान्तरण’ कार्यक्रम सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्