माओवादी मन्त्रीहरुको जिम्मेवारी खोसियो उर्जामन्त्री कमला थापा , गृह र पराराष्ट्रमा देउवा



 

सैघाली खबर
काठमाण्डौ, ३१ असोज

 

प्रधानमन्त्री शेरबहादुर देउवाले माओवादी केन्द्रबाट मन्त्री भएकाहरुको जिम्मेवारी खोसेका छन् । अब माओवादीका मन्त्रीहरु विना विभागीय भएका छन् ।

प्रधानमन्त्री देउवाले मंगलबार विहानै माओवादी अध्यक्ष प्रचण्डलाई भेटेर मन्त्रीहरुलाई विना विभागीय बनाउने चेतावनी दिएका थिए । लगतै माओवादीका मन्त्रीहरुले राजीनामा दिने तयारी गरेका थिए ।

तर, सरकारले चुनाव सार्न खोजेको भन्दै माओवादी मन्त्रीहरुको राजीनामा रोकिएको छ ।

माओवादी मन्त्रीहरुले राजीनामा नदिएपछि प्रधानमन्त्रीले जिम्मेवारी खोसेका छन् । गृह र परराष्ट्र मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री आफैंले लिएका छन् ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्