वाढी प्रभावित क्षेत्रको पुनः निर्माण सुरु



 

सैघाली खबर 

दाङ, ३१ असोज 

दंगीशरण गाउपालिका २ मा बाढीले क्षति पु¥याएका भौतिक संरचना पुर्न सञ्चालन तथा उद्धार गर्न थालिएको छ । ह्यान्डि क्याप ईन्टरनेशनल काठमडौ र अपाङग मानब अधिकार एबं सरोकार मञ्चको साझेदारीमा सञ्चालन भएको बाढीप्रभाबित परिवारका लागि साहयता अन्तरगत कामको लागि नगद कार्यक्रमले उद्धार तथा पुनःस्थापन गर्न थालेको हो । बाढीले भत्काएका घरबाट सामाग्री निकाल्ने, बाढीले भत्काएका संरचनालाई मर्मत गर्ने लगायतका काम गर्दै आएको गठित संस्थाका अध्यक्ष संगीता धौलाकोटीले बताईन् ।  

दंगीशरण २ का जगतराम नेपाली , लिला बिक,चन्द्र सार्कीको भतिएको घर भित्र पुरिएका सामाग्री निकालिएको छ । त्यस्तै  बाल बिकास सम्मबाटो सञ्चालनमा ल्याएको , भाषिएका भवनहरु भवनलाई मर्मत गरी सञ्चालनमा ल्याईएको,  स्थानीय गोरेटो बााटो मर्मत , पुरिएका पानीका मुहानको सरसफाई तथा मर्मत गरिएको अध्यक्ष धौलाकोटीले बताईन् ।
उक्त कार्यका लागि धौलाकोटीको अध्यक्षतामा ६ सदस्यीय कार्यसमिति चयन गरेको छ । जसको सदस्यहरुमा जगतराम नेपाली , चम्खी नेपाली, लिला बिक, झुपलाल परियार, किरन नेपाली रहेका छन् ।

फुलबारीका ४० बाढीपीडितलाई राहात 
तुलसीपुर उपमहानगरपालिका १३ फुलबारीका बाढीपीडितलाई राहात वितरण गरिएको छ ।  तिहारलाई मध्यनजर गरी पुर्णरुपमा घरमा क्षति भएका फुलबारीका ४० जना बाढीपीडितलाई राहात सामाग्री बितरण गरिएको हो ।

समाजमा वतावरणीय शिक्षाको बिकास ९सीड० को आयोजना तथा डिकेए अस्ट्रेलियाको आर्थिक सहयोग तथा तुलसीपुर उपमहानगरपालिकाको सहयोगमा बाढीपीडितलाई राहात बितरण गरिएको हो ।  बाढीपीडितलाई तिहारको समयमा दैनिक उपभोग्य सामाग्री अभाब नहोस भनी उनीहरुलाई राहात सामाग्री हस्तान्तरण गरिएको हो ।बाढीपीडितलाई चामल, तेल, त्रिपाल, स्वायाबिनलगायतका राहात सामाग्री हस्तान्तरण गरिएको सीडका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए । बाढीपीडितलाई तुलसीपुर उपमहानगरपालिकाका नासु कबिराज आचार्यले राहात हस्तान्तरण गरेका थिए ।

राहात बितरण कार्यक्रममा सीडका अध्यक्ष भागिराम चौधरी, कोषाध्यक्ष राममोती चौधरी , कार्यक्रम निर्देशक श्यामी चौधरीलगायतको सहभागीता रहेको थियो ।

साथै त्यस अबशरमा आयोजीत कार्यक्रममा बक्ताहरुले पीडा सबैलाई पर्ने भएकाले सामान गर्नुपर्ने बताएका थिए ।  अध्यक्ष भागिराम चौधरीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि तुलसीपुर उपमहानगरपालिकाका नासु आचार्यले बाढीपीडितहरुको दिगो रुपमा समस्या सामाधान गर्नका लागि पहल थालिरहेको बताएका थिए ।
कोषाध्यक्ष राममोती चौधरीले स्वागत गरेको कार्यक्रममा बिनोद चौधरीले धन्यबाद र सहजीकरण कार्यक्रम अधिकृत निर्मला महताराले गरेकी थिईन्

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्