मुख्य समाचार

गणतन्त्रको उपलव्धी संस्थागत गरौ

By थाहा अनलाइन

May 29, 2017

जेष्ठ १५ ,दाङ । प्रमुख जिल्ला अधिकारी मेघनाथ काफ्लेले गणतन्त्रले स्थापनाका उपलव्धीहरु लाई संस्थागत गर्न आवश्यक रहेको वताउनु भएको छ ।

गणतन्त्र दिवस मुल आयोजक समितिले सोमवार घोराहीमा आयोजना गरेको दशौं गणतन्त्र दिवस समारोह लाई सम्वोधन गर्दै प्रमुख जिल्ला अधिकारी काफ्लेले गणतन्त्र उपलव्धीहरु लाई संस्थागत गर्न राज्यको मात्रै दायित्व नभई उक्त उपलव्धीहरु लाई संस्थागत गर्न सवै नेपालीहरुको दायित्व रहेको वताउनु भएको छ । जिल्ला समन्वय समिति दाङका निमित्त स्थानिय विकास अधिकारी सहदेव मिश्रको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकार मेघनाथ काफ्लेको प्रमुख आतिथ्यता एंव नेकपा माओवादी केन्द्रका सह–ईन्चार्ज निर्मला आचार्यको विशिष्ट आतिथ्यताका सम्पन्न कार्यक्रममा प्रमुख अतिथि काफ्लेले मुलुकमा गणतन्त्र आएको एक दशक वितिसक्दा समेत मुलुक राजनितिक अन्यौलतामा रोमलिरहेकाले वताउदै उनले भने ‘ अव अन्यौलता होईन । विकास र समृद्धि तर्फ उन्मुख हुनु पर्ने आवश्यक छ । अन्यौलता वाट सिर्जित संविधान र संघिय संरचना गणतन्त्रको मुल उपलव्धी रहेकाले त्यो उपलव्धी लाई अव जनता सम्म जोड्नु आवश्यक्ता औल्याएका थिए । त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि नेकपा माओवादी केन्द्रका सह–ईन्चार्ज निर्मला आचार्यले संविधान र संघियता कार्यन्वयन अवको आवश्यक्ता वताउनुभएको छ । दशवर्षे जनयुद्धको मुख्य एजेण्डा नै लोकतान्त्रिक र गणतान्त्रिक संघियता संरचना सहितको जनताको संविधान रहेकाले वताउदै उहाँले भन्नु भयो‘सिंह दरवारको अधिकार अव सवैका घरघरमा पस्ने वेला आएको छ । ’ त्यही अनुरुप आसन्न स्थानिय तहको निर्वाचन पनि गणतन्त्रकै जग र अडमा हुने हुदा आसन्न स्थानिय तहको निर्वाचन लाई सफल वनाउन उहाँले सवैमा आग्रह गर्नुभयो । जिल्ला समन्वय समितिका डिभिजन ईन्जीनियर कुल प्रसाद रिजालको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण घोराही उप–महानगरपालिकाका कार्यकारी अधिकृत कृष्ण प्रसाद सापकोटाले गर्नु भएको थियो ।

नगर सरसफाई

दशांै गणतन्त्र दिवसको अवसरमा सोमवार घोराही नगर क्षेत्र सर सफाई गरिएको छ । घोराही उप–महानगरपालिका दाङको अगुवाईमा नगर सरसफाई गरीएका थियो । जसमा जिल्ला प्रशासन कार्यालय , जिल्ला समन्वय समिति दाङ , जिल्ला प्रहरी कार्यालय दाङ , शशस्त्र प्रहरी कारागार घोराही र रिपु मर्दन घोराहीको सहभागिता रहेका थियो ।