अपराध

अवैध रुपमा भन्सार छलि ल्याएका जुत्ता र साडी सहित पक्राउ

By Thah Online

November 15, 2019

अवैध रुपमा भन्सार छलि ल्याइ भण्डारण गरी राखेको करिब ९ लाख ३० हजार ८ सय मूल्य रुपैयाँ बराबरको जुत्ता र साडी सहित वीरगंज महानगरपालिका ३ छप्कैया बस्ने २४ वर्षीय सरफराज हासमीलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरीले वीरगंज महानगरपालिका ६ कलवार मार्केटमा हासमीले अवैध रुपमा भण्डारण गरी राखेको उक्त मूल्य बराबरका जुत्ता १ हजार २ सय ५० जोर र सिल्क साडी १ सय १८ पिस फेला पारेको हो ।

हासमीलाई थप आवश्यक कारवाहीको लागी वीरगंज भंसार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।