एमाले स्थायी समितिको बैठक बस्दै



सैघाली खबर
काठमाडौं,१ कार्तिक


एमालेले आगामी मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवार छनौट गर्दैछ । आज स्थायी समितिको बैठक बसेर उम्मेदवार छनोट, घोषणापत्र निर्माणसँगै पार्टी भित्रको आन्तरिक असन्तुष्टिका विषयमा छलफल गर्दैछ । आजको बैठकमा आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि पार्टीतर्फका उम्मेदवार, घोषणापत्र निर्माण लगायत विषयमा छलफल हुने एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

माओवादी केन्द्रसँग चुनावी तालमेल गर्दै पार्टी एकीकरण गर्ने सहमति गरेको एमालेले समानुपातिक उम्मेदवार एवं प्रत्यक्ष तर्फको उम्मेदवारको टुंगो बैठकबाट लगाउने भएको छ ।निर्वाचन आयोगमा समानुपातिक तर्फको उम्मेदवारको बन्दसूची बुझाई सकेको एमालेले त्यसमा नाम सच्याउन ुपर्ने अवस्थामा कसरी अगाडि बढ्ने, प्रत्यक्ष तर्फको उम्मेदवार एवं घोषणा पत्रको तयारीका विषयमा बैठकमा छलफल सुरु भएको छ । समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदा त्यसमा देखिएको असन्तुष्टि लाई बैठकले छलफलको माध्यमबाट समाधान गर्दै सहमतिकै आधारमा नाम सच्याइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्