मुख्य समाचार

तिहार अन्तर्गत दोस्रो दिन आज कुकुर तिहार मनाईंदै

By थाहा अनलाइन

October 18, 2017

सैघाली खबर काठमाडौं,१ कार्तिक

नेपालीको चाड तिहार अन्ततर्गत दोस्रो दिन आज कुकुर तिहार मनाइदैछ । घर–घरमा सुरक्षा गर्ने कुकुरलाई मीठा मीठा खानेकुरा खान दिएर मनाइँदैछ ।

कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरलाई मीठा मीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका आधारमा कुकुर तिहार मनाउने गरिएको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ ।