शिक्षा

रत्नराज्य लक्ष्मीमा नेपाल भाषाका निम्ति सुवाल नियुक्त

By Saru Sunar

November 15, 2019

 

बि.ए. पहिलो बर्षको कक्षा सञ्चालनका लागि १० विद्यार्थी हुनु पर्ने काठमाडौं र बि.ए तेस्रो बर्षमा नेपाल भाषा अध्यापनका निम्ति काठमाडौंको प्रर्दशनी मार्गस्थित रत्न राज्य लक्ष्मी क्याम्पसमा शिक्षिकाको रुपमा श्रीमिला सुवाल नियुक्त भएको छ ।

अहिले उक्त क्याम्पसमा कार्तिक २४ गते देखि शिक्षिका सुवालले बिहानी सत्रमा बि.ए. तेस्रो बर्षका निम्ति अध्यापन गराउँदै आइ रहेको छ । भाषा, साहित्य क्षेत्रमा समेत विशेष योगदााा नन भएकी सुवालले भक्तपुर क्याम्पसमा २०७० साल र पद्नमकन्या क्याम्पसमा २०७१ सालमा वि.ए. मा अध्यापन गर्दै आएकी हुन ।

शिक्षका सुवालले भनिन् ‘मातृ भाषा रहेसम्म मात्र सम्पूर्ण नेपालीहरुको अस्तित्व रहिरहन्छ त्यसमा पनि नेेपाली भाषा भनेर चिनाएका भाषा मध्ये एक हो । यस मातृभाषा संरक्षण अभियानमा सकृय रुपमा अभियान चलाइरहनु भएको अभियान्ताहरुले धेरै भन्दा धेरै दुखः गरी पुनः स्थापना गरी इतिहास कायम गरी नेपाल भाषा पढाइ अध्यापन गराउन सफल भयो ।

तसर्थ मातृभाषा लगायत नेपाल भाषाको सम्बद्धन, प्रर्वद्धन तथा विकासका निम्ति भाषा अनुरागी तथा शुभचिन्तकहरुले आ—आफ्नो तर्फबाट सहयोग गर्नु पर्ने धारणा राखिन् ।

रत्न राज्य लक्ष्मीका क्याम्पस सहायक प्रमुख गोबिन्द आचार्यका जानकारी दिए अनुसार, नेपाल भाषा विषय पढनपाठनका निम्ति विद्यार्थीहरुलाई प्रशासनको तर्फबाट सहयोग गर्ने आश्वासन दिनु भयो ।

क्याम्पस प्रशासनको तर्फबाट विद्यार्थीहरुका लागि पुस्तकालयमा पाठयपुस्तक लगायत विविध सामग्रीको व्यवस्था गरिने जानकारी दिनु भयो ।

मातृ भाषा बचाउ तथा नेपाल भाषा अभियान्ताहरूले जनाए अनुसार यदि देशमा रहेका सम्पुर्ण मातृभाषाहरूलाइ बचाउने हो भने सरकारको तर्फबाट अनिवार्य रूपमा ठोस् निति नियम नै लागु गर्नु पर्ने जनाउनु भयो ।

हाल यस क्याम्पसमा नेपालभाषा कक्षा संचालनका लागि दश जना विद्यार्थीहरु भर्ना भएको खण्डमा मात्रै कक्षा सञ्चालन गर्न सकिने क्याम्पस प्रशासनले जानकारी दिएका छन् ।