सय दिनका ४५ काम



गिरिराज नेपाली

दाङ, १ कार्तिक । ०७४ साल अषाढ १४ गते सम्पन्न स्थानिय तहको निर्वाचन संगै अषाढ २१ गते वाट पदभार सम्हालेका घोराही उपमहानगरपालिका निर्वाचित जनप्रतिनिधिहरुले एक सय दिन भित्र ४५ काम मात्रै पुरा गर्न सफल भएका छन । ‘ सय दिन भित्र , सय काम ’ भन्दै प्रतिवद्धता जनाएका जनप्रतिनिधिहरुले सय दिन भित्रमा आधा काममै चित्त बुझाउनु परेको छ ।  

एक दिन ४५ काम सार्वजानिक गर्दै घोराही उपमहानगरपालिका प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरपालिकाले एक सय दिनमा ४५ उपलव्धी हासिल गरेको उल्लेख गर्दै भन्नुभयो– ‘घोराही नगरको स्तर फेरिदै छ । ’ सडक देखी नागरिक सेवा सम्ममा नगरपालिकाले प्रभावकारी योजना निर्माण गरी कार्यन्वयन गरीसकेको र केही गरिरहेकाले सुनौला सय दिनत्रि सुनौला उपलव्धीहरु हात पारेको बताउनुभयो ।

प्रमुख चौधरीले सय दिन भित्रमा उपमहानगरपालिकाले नागरिक सेवा अन्तर्गतका सामाजिक सुरक्षा भत्ता वैकिंङ मार्फत वितरण गर्ने, कर प्रणाली लाई व्यवस्थित टोकन प्रणाली लागु गरिने, अनलाईन मार्फत व्यक्तिगत घटना दर्ता , न्यायिक सेवा प्रवाह लाई छिटो, छरितो , मर्यादित बनाई पिडित मैत्री न्यायलय विकास गर्दै उपमहानगरपालिका आएका उजुरी लाई दुवै पक्षको जित हुने गरी फैसला गरिने । हालै उजुरी परेको २५ घटना दर्ता मध्ये ९ वटाको फैसला गरिसकेको छ । विषयगत कार्यालयहरुको सेवा प्रवाह लाई उपमहानगरपालिका वाट सञ्चालन गरिने ।

स्तै घोराही लाई हरित नगरका रुपमा विकास गर्नका लागि सडक वरिपरी सार्वजानिक स्थान वरिपरि वृक्षारोपण, पाक्षिक नगर सरसफाई अभियान, फोहोर लाई मोहोरमा बदल्ने दिगो योजना ,प्लाष्टीक मुक्त नगर, छाडा पशुचौपाय व्यावस्थापन , आगामी ५ वर्षभित्रमा नगरवासीका प्रत्येक घर–घरमा फोहारदानीको व्यावस्थापन, वडा नम्वर १८ को हात्तीखर्क लाई कागती पकेट क्षेत्रको रुपमा विकास गरी आर्थिक समृद्धिको विकास ५ हजार वोट कागती र ५ विगाहमा तरकारी खेती  स्थानिय उद्योगहरु लाई व्यवस्थित, वातावरणमैत्री, उत्पादनमुखी उद्योगको रुपमा विकास गरिने ,
नगर स्वास्थ्य कार्यक्रम मार्फत ८४ वर्ष उमेर पुगेका वृद्ध–वृद्धा र अपाङगता रहेका ‘होम’उपचार सेवाको व्यावस्था, नवजात शिशुको ३५ भित्रमा जन्मदर्ता गराएमा ५ सयको बचत खाता खोलने, घोराही लाई स्मार्ट सिटीका रुपमा विकास गर्न गुरुयोजना निर्माण, वडा न. ३ र ५ लाएै औद्योगिक क्षेत्रको घोषणा, पर्यावरणिय विकास र संरक्षणका लागि विशेष योजना थालनी गरिने,

त्रिपुर क्षेत्रमा निर्माणमा पक्की घरहरुको अभिलेखिकरण गरिने, घोराही उप–महानगरपाकिला १९ वटा वडाहरुको सडक स्तरोन्नतीका ५ लाख रुपैया विनियोजन, पाण्डवेश्वरी धारापानीको विकासका लागिल वृहत गुरुयोजना निर्माण सुरु, वाढी पिडित परिवार लाई ५÷५ हजार राहात वितरण, वडा न. १४ का वडा अध्यक्ष शक्तिराम डाँगीको संयोजकत्वमा विपन व्यावस्थापन समिति गठन , वाढीका कारण मृत्यु वडा न. १२ हापुरका ३३ वर्षिय निर्मला बाठा र वडा न. ८ का रेशम डाँगीका परिवार लाई नगद २५ ÷२५ हजार रुपैया सहयोग वितरण, आगलागी पिडितहरु खाद्यान्न सहयोग , सडक व्यापारको व्यावस्थापन, मासु पसल र वधशाला व्यावस्थापन, वादी समुदायका टुहुरा र सडक वालवालिका गरी २० जना लाई कपडा वितरण र राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिताका लागि ३ लाख रुपैया सहयोग गरिएको नगर प्रमुख चौधरीले बताउनुभयो । साथै घोराही क्षेत्रको आर्थिक समृद्धि र विकासका लागि उपमहानगरपालिकाले महत्वकाक्षी योजना सहित केही वहुवर्षिय योजनाका रुपमा निर्माण योजना थालनी गरेको ति योजनाहरु पनि निर्माणको प्रक्रियामा रहेको बताउनुभयो । कृर्षि सडक , खानेपानी , शिक्षा , स्वास्थ्य र रोजगारको क्षेत्रमा घोराही उपमहानगरपालिकाले नगर सभा मार्फत एक अर्व ३५ करोड रुपैया विनियोजित गरी निर्माण सुरु गरेकाले घोराही लाई नमुना योग्य शहरका रुपमा विकास गर्न नगरवासी सवैको हातेमालो आवश्यक रहेको औल्याउनुभयो ।

उहाँले भन्नुभयो– ‘घोराही सफा नगर बनाउन हामीले फोहोरको बर्गिकरण गरी उठाउन सुरु गरेका छौ । ’ तर त्यो नगरवासी लाई अपाच्चे भएको छ । फोहोर सुधारका लागि नगरवासीको सोच परिवर्तन नहोन्जुल नगरको फोहोर सुधार पनि नहुने उहाँले वताउनुभयो ।

कार्यक्रम नगर प्रमुख नरुलाल चौधरीको अध्यक्षतामा सम्पन्न भयो । उप–प्रमुख सीता न्यौपानको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रमको सहजीकरण घोराही उपमहानगरपालिकाका कार्यकारी अधिकृत ऋषिराम केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्