फाईल फोटो

प्रदेश ४

कांग्रेसले नजिते लोकतन्त्र धरापमा

By थाहा अनलाइन

November 17, 2019

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले उपनिर्वाचनमा पनि कांग्रेसलाई नजिताए नेपालको लोकतन्त्र धरापमा पर्ने बताएका छन् ।

कास्कीमा आयोजित एक कार्यक्रममा नेता पौडेलले अझै पनि जनताले नबुझेर अन्य पार्टीका उमेदवारलाई मत दिए लोकतन्त्र धरापमा पर्ने बताएका हुन् । सरकारले भ्रष्टाचारका विषयमा मुख नखोलेको र काम नगर्ने ठेकेदारलाई संरक्षण गर्न लागिपरेको भन्दै नेता पौडेलले भने, अबको उपनिर्वाचनमा पनि जनताले नेकपाका उमेदवारलाई मत दिए सरकारलाई भ्रष्टाचार गर्न मत दिएको ठहरिने छ।