टप फिचर

दैवले ठग्यो भन्छन्, मलाई हेरेर हाँस्छन् (भिडियोसहित)

By थाहा अनलाइन

November 17, 2019

सामान्यतया मानिस मोटाउनुलाई राम्रो मानिन्छ तर आवश्यकता भन्दा धेरै मोटाउनु समस्याको एउटा रुप पनि रहेको छ । कतिपय मान्छेहरु आफू दुब्लो भएकोमा चिन्ता व्यक्त गर्दछन् । साथै आफू मोटाउने तथा मोटो हुने रहर गर्छन् । तर एक जना यस्तो व्यक्ति पनि छन् जो मोटो भएर नै धेरै समस्यामा परेका छन ।

तनहँु जिल्ला देवघाटका कृष्णबहादुर पन्त आफ्नो शरीरको तौल बढी भएकै कारण पिडित भएका छन् । २०६० साल सम्म सामान्य अवस्थामा रहेका पन्तको शरीर त्यस पश्चात अचानक रुपमा बढ्दै गएको उनले बताए । नेपाल रहदाँ नै शरीरको तौल बढ्न थालेको र ६ वर्ष अघि वैदेशिक रोजगारीको लागि कतार पुगेका उनको त्यहाँ रहँदा पनि निरन्तर रुपमा शरीरको तौल बढी नै रह्यो । हालको उनको तौल एक सय अठार (११८) केजि रहेको छ ।

कृष्ण बहादुर पन्तको शरीरको तौल यसरी बढ्यो कि विदेश बाट घर र्फकदा ह्यूलचियरमा आउनु पर्यो । घर फर्किएपछि हिँडडुल गर्न नसक्ने भएकैले गर्दा उनलाई सबैले त्यस्तो अवस्थामा देखेर जिस्काउने गरेका थिए । श्वास रहुञ्जेल आश भने झँै उनी आफ्नो शरीरलाई सामान्य अवस्थामा ल्याउन प्रयत्नरत रहिरहे । अस्पताल पुगेर एक पटक फिजियो थेरापी गराएपछि उनि केहि हद सम्म हिँडडुल गर्न सक्ने भए । एक पटक थेरापी गराउँदा केहि तौल घटेर शरीर हल्का भएको र अझ केहि पटक गरेमा बिसेक हुनेमा उनी विश्वस्त पनि छन् तर समस्या पैसाको छ । सामान्य आर्थिक स्थिति भएका उनी र उनको परिवारसँग पर्याप्त रकमको अभावका कारण दोस्रो पटक फिजियो थेरापी गर्न सकेका छैनन् ।

एक पटकको थेरापीले गर्दा अहिले उनले अटो चलाएरै आफ्नो दैनिकी गुजारा गर्दै आएका छन् ।

सबैले बाँच्दैन भनेका थिए तर उनी आफू जीवनमा संङघर्ष गरेर अझै पनि केही गर्ने सोचमा छन् । आफ्नो शरीरको यस्तो अवस्था बाट सामान्य अवस्थामा जाने उपाय र सही सल्लाह एवम सुझाव दिएर सहयागे गरीदिन अनुरोध गरेका छन् उनले । पन्तले आफ्नो अवस्थाबारे सल्लाह, सुझाव एवम् सहयोगको लागि ९८६२७८३१९३ मा सम्र्पक गरीदिन समेत अनुरोध गरेका छन् ।

हेर्नुहोस् भिडियो