अन्तर्राष्ट्रिय

बिल गेट्सले बनाए स्मार्ट चर्पी, जहां दिसा बस्दा पानी चाहिन्न !

By थाहा अनलाइन

November 17, 2019

बिल गेट्सले पानी बिनाकै चर्पीको निर्माण गरेका छन् ।

माइक्रोसफ्टका संस्थापक तथा बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनका अध्‍यक्ष समेत रहेका गत उनले मंगलबार चीनको बेइजिङमा भएको चर्पीहरुको एक्सपोको उद्घाटन गर्दै भनेका छन्, ‘अब साधारण ट्वाइलेटभन्दा स्मार्ट ट्वाइलेटको जमाना आयो जहाँ पानी नै भइकनकन पनि दिसा बस्न सकिनेछ।

बिल गेट्स्‌का अनुसार उक्त ट्वाइलेटको प्‍यानलाई प्राविधिक रुपमा निर्माण गरिएको छ जहाँ मानव मलमूत्रलाई मलको रुपमा रुपान्तरण गर्न सकिनेछ। यसका साथै त्यसलाई केमिकल हालेर तरल र ठोस रुपमा समेत मलको रुपमा प्रयोग गर्न सक्ने उनले बताएका छन्।

यसका लागि उनको संस्था बिल एण्ड मेलिण्डा गेट्स फाउण्डेशनले २० अर्ब लगानी गरेको छ। चर्पी एक्सपोमा बोल्दै गेट्सले भनेले भने, ‘ सरसफाइमा प्रत्‍येक पाँच वर्षमा बालबालिकाले चर्पीबाट निस्कने लाखौ किटाणुको सिकार भइरहेको तथ्यांक छ।

त्यसको लागि मेरो संस्थाले यो स्मार्ट ट्वाइलेटको लागि २० अर्ब रुपैयाँ लगानी छुट्याएको छ। यसले मानिसहरुको जीवनमा परिवर्तन ल्‍याउनेछ भन्‍ने म प्रतिबद्धता व्यक्त गर्दछु। ‘यसका साथै उनले यो स्मार्ट ट्वाइलेटको लागि ट्वाइलेटको प्रशोधन गर्नतर्फ लागी परेको बताउँदै सन् २०३०सम्‍ममा बजारमा करीब ६ अर्ब रुपैयाँ बराबरको स्मार्ट ट्वाइलेट पुगिसकेको हुनेछ।