थोरै पैसाले धेरै खुसी



 

गोविन्द खड्का

दाङ, १ कार्तिक । बाटो किनारमा ठेला अड्याएर चाट पकाई रहेकी महिलाको अनुहार झट्ट हेर्दा अर्रो देखिन्थ्यो । आ“खाका कुना चाउरीएको मुहारले पिडा लुकेको बुझाउथ्यो । काममा एकोहोरीएको दृश्यले प्रतिबद्धता ।रिक्साको बनावट असुहाउदिलो हुनेगरी अग्लो थियो ।

त्यसलाई थोत्रा टिन ठोकेर बारीएको दृश्यले गरिवी झल्काउथ्यो । पटक पटक ठोकेको र डोरी बाधेको त्यो टालटुले रिक्सा विपन्नताको प्रमाण हो । नास्ता खानेहरुले घेरिएकी रिक्सामालिक हुमा चापागाई (३३) भने स्वाभाविकैले धनि हुन् । खुसी, गुणासा, पिडा भित्र जे सुकै भएपनि चपागाई संग ग्राहक संग गरिने असल व्यवहार नम्रता र मुस्कान सहितको छ । त्यहि सम्पतीले विपि कोईराला मावि बयाले शान्तिनगर नजिकको सडकमा चापागाईको व्यापार दुई बर्ष अघि देखि निरन्तर चल्दै आएको छ ।पहिलो भेटमा चपागाईले हासेरै स्वागत गर्नुभयो । व्यापार कस्तो छ भनेर सोधिएको प्रश्नमा ‘कहिल्यै बढि कहिल्यै कम’ भनेर जवाफ दिनुभयो । त्यसको अर्थ विद्यालय चल्ने समयमा सात आठ सय सम्म बेच्न सकिने रहेछ । चापागाईका अनुसार अन्य बेला चार पाच सय रुपैयाको विक्री हुन्छ । आमाले पेशा शुरु गरेपनि छोराको चित्त बुझेन । आमाको पढाउने रहर हुदा हुदैपनि छोरा शसांक कक्षा नैको पढाई छोडेर कमाउन गए । धेरै पढाएर ठुलोमान्छे बनाउने आमाको रहर मेटियोे । पहिलो चोटि भागेर गएपछि अर्को पटक यतै बस भन्न सकिने अवस्था नरहेको उहाको भनाई थियो । यदि पढेकै भए जेनतेन खर्च पुरा गर्ने चपा गाईको सपना थियो । विद्यालय छोडेपछि अधुरै रह्यो ।सुर्खेतका टोपेन्द्र संग हुमाको विवाह भएको थियो । गाडि चालक टोपेन्द्रको २०६० चैत २४ गते मृत्य भएपछि एक्लीने दिन शुरु भए । त्यसबेला काखे बालक छोराको उमेर नौ महिनाको मात्रै थियो । सहारा खोज्दै चापागाई माईत फर्किनुभयो । तिन महिना खानपुग्ने जमिनमा खेतिपाती गरेर गुजारा चलाउनुभयो । त्यसमा अडिएर जिवन निर्वाह र छोराको भविश्य उज्जल देखिनन् ।प्लाष्टिकको छानो भएको रिक्सा थियो । प्लाष्टिक च्यातिदा फेर्ने क्षमता जुट्दैन्थ्यो । चाट फुल्की बनाएर बेच्ने आट आयो अमिलो फिट्ने भाडो बनाउने क्षमता पुगेन ।

टिनका पाता जोड गास गर्न समेत निकै कठिन थियो । विहे भएको केहि बर्षमै श्रीमान्को मृत्यु भयो । एउटा छोरा संगै सुर्खेतबाट माईतमै फर्किनु पयो । बस्ने जग्गा जमिन माईतिले व्यवस्था गरेपनि दैनिक जिवन आफै चलाउनु पर्दथ्यो । यो सबै समस्या बुझेपछि आमाको पिडा हेर्न सकेनन् ।ईच्छा भए उपाए फुर्दै जान्छन् । चपागाईले आफुलाई फिट खाने पेशा छनौट गरेपछि तुलसीपुर बजारका चाट पसलहरुमा चाख्न थाल्नुभयो । बनाउने र बेच्न तरीका पनि मिहिन तरीकाले नियाल्नुभयो । धेरै चाटका ठेलामा खाई सकेपछि आफुलाई मन पर्ने र ग्राहकले रुचाउने स्वाद थाह भयो । त्यहि अध्ययन बाटै आफैले पेशा थाल्नुभयो । तर श्रोत जुटाउन भने सजिलो थिएन । चपागाईका छोरा शसांक चापागाई शान्ति वालकलव मा सहभागि थिए । आमा मेलमिलाप समुहमा हुनुहुन्थ्यो । वालउत्थान तथा महिला सचेतना युवाकलव दाङले सन्चालन गरेको कार्यक्रम हो । समुहले नै सहयोग गर्ने उपयुक्त छ भनेर निर्णय गरेको कलवका जिल्ला कार्यक्रम अधिकृत दल बहादुर बस्नेतले जानकारी दिनुभयो ।

त्यसकै आधारमा खड्किएको के छ भनेर सोधेको बस्नेतको भनाई छ । टिनको पाता, अमिलो फिट्ने स्टिलको भाडा आवश्यक रहेको चपागाईले सुनाउनुभयो । कलवले उचित ठानी उपलब्ध गराईदियो । त्यसले चापागाईको व्यवासायमा गति दियोे । मात्रै ६ हजार लगानी भएको बस्नेतको भनाई छ । छोराको फिस तिर्ने कि भाडो किन्ने दोधारमा अल्झीनुभएको थियो । एक सुरले कमाउनतिर मात्रै लाग्ने मेलो बनाई दियो । अहिले कुनै केमिकल नमिसीएको चाट पानी पुरा उपभोक्ताले पाएका छन् । घर परिवारका कुरा शुरु ग¥यो नै चपा गाई आ“खाभरी आशु निकाल्नुहुन्छ । जोरा छोडेको पिडा कसैले खोतलेपछि नरोएर बोल्नै सक्नु हुन्न । तर, सयोग गर्ने संथाका व्यक्ति भेट्दा खुशि देखिनु हुन्छ । भित्रै देखि धन्यावाद दिनु हुन्छ । चपागाईलाई दिएको थोरै सहयोगले धेरै खुशि दिएको बस्नेतको अनुभव छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्