लक्ष्मीप्रसाद देवकोटाको जिबनी 



सैघाली खबर

परिचय
लक्ष्मीप्रसाद देवकोटाको जन्म जन्म वि.स.१९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९  लक्ष्मी पुजा आजकै दिन भएको थियो । भने  मृत्यु वि.सं. २०१६ भाद्र २र्९ भएको थियो । कार्यक्षेत्र,अध्यापन, लेखन, राजनीति राष्ट्रियता नेपाली भाषा,नेपाली विधा,गद्य तथा पद्य ,विषय कविता, नाटक, यात्रा संस्मरण, निबंध आदि साहित्यीक आन्दोलन स्वच्छन्दतावाद , प्रयोगवाद मुनामदन, शाकुन्तललक्ष्मीप्रसाद देवकोटा अङ्ग्रेजी जन्म वि. सं.१९६६, तदनुसार १२ नोभेम्बर सन् १९०९  मृत्यु वि. स.२०१६ भाद्र २९, तदनुसार १४ सेप्टेम्बर सन् १९५९ नेपाली साहित्यका महाकवि हुनुहुन ।  देवकोटा नेपाली साहित्यका बिभिन्न विधामा कलम चलाउने बहुमुखी प्रतिभाका धनी हुनु हुन्छ । कविता र निबन्ध विधामा गरेका योगदानहरू उच्च कोटिको मानिन्छ । उहाँले  मुनामदन, सुलोचना, शाकुन्तल जस्ता अमर कृतिहरू लेख्नु भएको छ ।  विशेषगरी मुनामदन कृतिका लागि उनी सबैभन्दा प्रख्यात छन् ।

 

प्रारम्भिक जीवनदेवकोटा पण्डित तीलमाधव र अमर राज्यलक्ष्मी देवीका तेस्रा छोरा हुनु हुन्छ । उनि धोबीधारा, काठमाडौंमा तिहारको लक्ष्मी पूजाका दिन जन्मिए । विक्रम सम्वत् १९६६ साल कार्तिक २७ गते गाई तिहारे औंशी लक्ष्मीपूजाका दिन जन्मेका हुनाले यिनको नाम लक्ष्मीप्रसाद राखिएको हो, तर उहाको न्वारानको नाउँ तीर्थमाधव देवकोटा हो। देवकोटा जन्मेदेखि नै उनका घरमा अनेक कष्टहरूको प्रवेश भइरहृयो । उहाको घरको आर्थिक अबस्था अत्यन्तै दयनीय थियो । देवकोटाले सानैमा भन्थे, भन्नु हुनथ्यो ‘म अङ्ग्रेजी पढ्छु र धेरै पढेपछि ट्युसन गरेर पैसा कमाउँछु ।’ तर देवकोटा  चाहिँ जन्मेदेखि नै रोगी हुनु हुन्थो   देवकोटाले बाल्यकालमा नै अमरकोष  घोकेका थिए र स्तोत्रमाला पढेका थिए । सानैदेखि आफ्ना बुबाको कविता साफी गर्थे । आफ्ना बुबाको कविता सार्दासार्दै उनीभित्र पनि साहित्यको रस बस्न थाल्यो । देवकोटाले उहाका  बुबाले पण्डित बनाउन खोज्नु भएको थियो ।

शिक्षादेवकोटा सन् १९६६मा जन्मिँदा, देशमा राणा शासन थियो। राणाहरू चाहन्थे जनताहरूले शिक्षा नपाउन, तर धेरै चोटिको प्रयत्‍नपछि देवकोटाको परिवारले उनलाई काठमाडौं उपत्यकाको एकमात्र विद्यालय दरबार हाई स्कूलमा भर्ना गरिदिए देवकोटा दरबार हाई स्कूलनै आफ्ना साथीहरूलाई कविता सुनाउने गर्थे । उनका प्रायः साथीले ती कविता देवकोटाले नै लेखेका हुन् भनेर स्वीकार्दैनथे । यसै क्रममा एक दिन सबै विद्यार्थी मिलेर यिनको बेइज्जत गर्ने हिसाबले कविता लेख्ने परीक्षा लिए । यिनले पनि सबै विद्यार्थीमाझ कविता लेखे । अनि त्यसै घडी शिक्षकहरूले उनलाई ‘कोपिलाउँदो कविको दर्जा दिए । सन् १९२५ मा देवकोटा त्रिचन्द्र कलेजमा बिज्ञान बिषयमा भर्ना भए। बिज्ञानमा प्रमाणपत्र तहको अध्ययन पूरा गरेपछि उनी मानविकी सङ्कायमा सरे। सन् १९२९मा आफ्नो स्नातक तहको अध्ययन पूरा गरेपछि सन् १९३१मा छात्रवृत्ति लिएर अङ्ग्रेजीमा स्नातकोत्तर पढ्ने आशामा उनी भारतको पटना गए। अङ्ग्रेजी विषयमा स्थान नपाएपछि उनले कानून पढे ।

साहित्यिक यात्रादेवकोटा बहुमुखी र विपुल लेखक थिए, जसले आफ्नो छोटो जीवनमा नछोएको साहित्यको कुनै विधा छैन। उनले महाकाव्य, लामा बर्णनात्मक कविताहरू निबन्धहरू, कथाहरू, नाटकहरू, गीतहरू, र समालोचना हरू लेखेका छन्। कविता पढेजस्तै अनुभव हुने देवकोटाका निवन्धहरू शैली र विषयवस्तुका लागि एकदमै प्रसंसा योग्य छन्। यिनीद्वारा लिखित वियोगान्त नाटक मुनामदन यिनी मरेको पाँच दशक पछिसम्म पनि अत्याधिक विक्री हुने कृतिमा पर्दछ। मुनामदन नेपाली जनजीवनमा भिजेको पहिलो नेपाली कृति हो। देवकोटाले केही समय त्रिचन्द्र क्याम्पसमा प्राध्यापन पनि गरे। यिनी एक पटक नेपालको शिक्षा मन्त्री सम्म भएका थिए। यिनकै  पालामा त्रिभुवन विश्वविद्यालयको स्थापना भएको थियो।

देवकोटासँग कविताहरू एकदमै चाँडो लेख्‍ने अद्वितिय प्रतिभा थियो। उनले शाकुन्तल महाकाब्य ३ महिनामा, सुलोचना महाकाव्य दश दिनमा र कुन्जीनी एकै दिनमा लेखे। उनले नेपाली साहित्यलाई नयाँ उचाइमा पुर्‍याए।  मुनामदन, प्रचलित लोक भाकामा लेखिएको कृतिले नेपाली साहित्यमा संस्कृतको प्रभाब अन्त्य गर्‍यो। पागल कविता उनको अर्को महान कृति हो। जुन कवितामा उनले आफुलाई पागल भन्नेहरूलाई कवितात्मक शैलीमा जवाफ दिएका छन  नेपाली भाषा साहित्यमा देवकोटा रूमानी प्रवृत्ति लेखनका श्रीगणेश गरे ।  साथै नेपाली भाषा साहित्यलाई अङ्ग्रेजी भाषासाहित्यमा अनुवाद गरेर सर्वप्रथम पश्चिमी मुलुकमा पुर्‍याउने काम पनि देवकोटाबाट सुरु गएको थियो ।

भारतीय महापण्डित डा.राहुल साङ्कृत्यायनले भनेका थिए, ‘मैले देवकोटालाई बुद्ध पछिको सबैभन्दा ठूलो मानव अवतारका रूपमा लिएको छु। साङ्कृत्यायनले देवकोटालाई भारतका जल्दाबल्दा तीन कवि जयशङ्कर प्रसाद, सुमित्रानन्दन पन्त र सूर्यकान्त त्रिपाठी निराला बराबर एक जना देवकोटा हुन् भनेका थिए।  देवकोटा चौध भाषा बुझथे। उनीद्वारा नौ भाषामा लेखिएका कविताहरू शारदा मासिक मार्फत जनमाझ पनि आए। देवकोटालाई काव्य सागरका जलदेवता भने पनि हुन्थ्यो। उनी उठ्ता, बस्ता, हिँड्दा, सुत्ता, खाँदा वा आफ्ना चेतन र अचेतनका कुनै पनि पलमा काव्य भन्दा बाहिर हुँदैन थिए। बिहान आँखा उघारे देखि राति आँखा चिम्ले पछिको स्वप्नसंसारमा पनि उनी काव्य संसारमा नै विचरण गर्थे। उनको बाँचुन्जेलको साथी एउटा कविता थियो र अर्को चुरोट थियो। लेखेका बेला उनी आफ्नै पाण्डु लिपि बालेर चुरोट सल्काएको र त्यसैले सिँगान पुछेको पनि चाल पाउँदैन थिए।

व्यक्तिगत जीवन१५ वर्षको उमेरमा मनदेवी चालिसेसँग लक्ष्मीप्रसाद देवकोटाको विवाह भयो । विसं १९८५मा उनको पहिलो सन्तान छोरी सावित्री र १९८९मा जेठो छोरा प्रकाश जन्म दिए ।  माहिला छोरा कृष्णप्रसाद देवकोटाको जन्म विसं १९९३मा भएको थियो । कानूनमा स्नातकोपाधि हासिल गरेपछि उनी आफ्नो घर फर्के जहाँ उनले विभिन्न व्यक्तिगत सङ्कटहरू भोग्नु पर्‍यो। दुई वर्ष भित्रै उनका बुवा, आमा र दुई वर्षे छोरीको मृत्यु भयो । ती बियोगान्त घटनाहरूले उनलाई मर्माहत तुल्यायो र सायद यसैले उनलाई चुरोटको आदत बसायो । पछिल्ला वर्षहरूमा उनका कलिला छोराहरू प्रकाश र कृष्णको असामयिक मृत्युले उनलाई अझ दुःखी बनायो र यसले उनको मस्तिष्क लाई समेत चोट पुर्‍यायो । उनले केही समय मानसिक संस्थामा पनि बिताए ।
अन्तिम वर्षहरु
दु.खमा दु.ख थपिएझैँ, देवकोटालाई १९५८ , बि सं२०१५ मा क्यान्सर लागेको थाहा भयो। भारत लगेर ठूलो आन्द्राको ३ इन्च निकालिए पछि उनलाई आफ्नो मृत्यु आएको पक्का भयो । उनी रातभर जाग्राम बसी आफ्ना रचना लेख्न थाले । एक वर्षपछि वि.स.२०१६ साल भाद्र २९ गतेका दिन उनको मृत्यु भयो ।
सान्त भवन अस्पतालमा रहँदा उनले आफ्ना साथी हरि श्रेष्ठलाई चिठीमा लेखेका थिए मृत्यु मेरो अगाडि छ ।

 

म आकासमा नक्षत्रहरू खोज्छु तर भेट्दिन। म आफुलाई शान्ति दिन सक्दिन । म उठ्न सक्ने भए, म आफु र आफ्ना बच्चाहरूलाई मार्ने थिएँ ।  जीबनभर, उनले भगवान् मानेनन् । आर्यघाटमा उनले भने मैले आफ्नो जिन्दगी हरीनाम नजपेर ,नास्तिक भएर बिताएछु  अब जान आँटीहाले  अनि उनले जीवनको शाश्वत आध्यात्मिक कुरा कविता मार्फत यसरी व्यक्त गरे ।

 

संसार रूपी सुख स्वर्गभित्र,

रमें, रमाएँ लिई भित्र चित्र ।

सारा भयो त्यो मरूभूमि तुल्य,

रातै परेझै अब बुझ्छु बल्ल ॥१॥

रहेछ संसार निशा समान,

आएन ज्यूँदै रहँदा नि ज्ञान ।

आखिर श्रीकृष्ण रहेछ एक,

न भक्ति भो, ज्ञान, न भो विवेक ॥२॥

महामरूमा कणझैं म तातो,

जलेर मर्दो बिनु आश लाटो ।

सुकी रहेको तरूझैं छु खाली,

चिताग्नि तापी जल डाम्न फाली ॥३॥

संस्कार आफ्नो सब नै गुमाएँ,

म शून्यमा शून्य सरी बिलाएँ ।

जन्मे म यो स्वर्ग विषे पलाएँ,

आखिर मै खाक त्यसै बिलाएँ ॥४॥

 

देवकोटाका केही मुख्य कृतिहरू
कविता संग्रह पहाडी पुकार  वि.सं. २००५पुतलीबाल  कविता  बि.स. २००९ भिखारी  वि.सं. २०१०सुनको विहान  वि.सं.२०१० छहरा, वि.सं. २०१२, जन्मोत्सव र मुटुको थोपा वि.सं.२०१५,मृत्युशैयाबाट वि.सं २०१६ चिल्ला पातहरू  हुन  ।

मृत्युपश्चात प्रकासित कृतिहरु 
वि.सं. २०२१ गाईने गीतहरू,वि.सं. २०२४ मनोरञ्जन वि.सं.२०२४ भावना गाङ्गेय,वि.सं. २०२४आकाश बोल्छ,वि.सं. २०२५  छाँगासँग कुरा ,२०२६ लक्ष्मी कविता संग्रह ,वि.सं. २०३३ लक्ष्मी गीत संग्रह ,वि.सं. २०४०खण्डकाव्य मुनामदन प्रकासन वर्ष,वि.सं.१९९१ , राजकुमार प्रभाकर वि.सं.१९९७ कुञ्जिनी वि.सं.२००२, वसन्ती गीती काव्य वि.सं. २००९, मैना  वि.सं.२००९, सुन्दरी जर्पिना  वि.सं. २००९रावण जटायु युद्ध २०११, म्हेन्दु  २०१५ लुनी  २०२३ सीताहरण २०२४ मायाविनि सर्सी २०२४, नवरस कोश काव्य २०२५, मैना  पुन सम्पादन २०३९।

यसका साथै देवकोटाको निबन्ध आषाढको पन्ध्र१९९३,शारदा, भलादमी, फूल, पहाडी जीवन, हाई हाई अङ्ग्रेजी, के नेपाल सानो छ, कला र जिवन, कल्पना, साधुको महात्म्य, निद्रा श्रीपञ्चमीको दिन २०१०, सॉढे,मेरो पाल्पा तानसेन तर्फको यात्रा आदी । लक्ष्मीप्रसाद देवकोटाका कविता सङ्ग्रहहरुप्रकाशन मिति शीर्षक विधा२००५ पहाडी पुकार कविता२००९ पुतली कविता२०१० भिखारी कविता२०१० सुनको विहान कविता२०१२ छहरा कविता२०१५ जन्मोत्सव र मुटुको थोपा २०१६ मृत्युशैयाबाट कविता२०२१ चिल्ला पातहरू  २०२४ गाईने गीतहरू गीत२०२४ मनोरञ्जन कविता२०२४ भावना गाङ्गेय २०२४ आकाश बोल्छ २०२६ छाँगासँग कुरा २०३३ लक्ष्मी कविता संग्रह कविता२०४० लक्ष्मी गीत संग्रह गीतदेवकोटाको कविता यात्राको पूर्वार्द्धकालीन कविता संग्रहहरूमा भिखारी कविता संग्रहलाई, काव्य खण्डकाव्यहरूमा मुनामदन खण्डकाव्यलाई र महाकाव्यहरूमा ,शाकुन्तल महाकाव्यलाई प्रतिनिधिकृतिका रूपमा लिन सकिन्छ। उनको उत्तरार्द्धकालीन कवितायात्राका कविता संग्रहहरूमा ,लक्ष्मी कविता संग्रह  काव्य खण्डकाव्यहरूमा मायाविनी सर्सीु खण्डकाव्यलाई र महाकाव्यमा प्रमिथस महाकाव्यलाई प्रतिनिधिकृति मान्न सकिन्छ।

यसैगरी देवकोटाका बालकविताहरूका प्रतिनिधिकृतिका रूपमा उनका सुनको बिहान र पुतली बालकविता संग्रहलाई अघिसार्न सकिन्छ भने उनका हाँस्यव्यंग्य कविताहरूको प्रतिनिधित्व उनको मनोरञ्जन हाँस्यव्यंग्य कविता संग्रहले अनि गीति कविता वा गीतहरूको प्रतिनिधित्वचाहिँ उनको लक्ष्मी गीति संग्रहुले गर्छ भन्न सकिन्छ। यस सन्दर्भमा देवकोटाका विशुद्ध प्रगतिवादी क्रान्तिकारी कविताहरूको प्रतिनिधित्व गर्ने पहाडी पुकारलाई र उनको रोमान्टिक प्रगतिवादी क्रान्तिकारी गीति नाट्य कृषिबालालाई पनि हामी बिर्सन सक्दैनौं।

श्यामदासको हेराईमा देवकोटा

 

श्यामदास वैष्णव देवकोटाको परिचय यसरी गर्छन्  लक्ष्मीप्रसाद देवकोटा अत्यन्तै प्रतिभाशाली व्यक्ति हुनुहुन्थ्यो नेपाली साहित्यमा धेरै कुरा रच्नुभयो उँहाले। बाल साहित्यदेखि महाकाव्यसम्म रचना गर्नुभयो। उहाँका कृति विश्वविद्यालयमा राखियो। देशको महाकवि भएर उहाँले धेरै ठाउँमा योगदान दिनु भएको छ, देवकोटाले भाषा अनुवाद संस्थानमा पनि काम गर्नु भएको थियो। त्रिचन्त्र कलेजमा पढाउनु भयो। एकेडेमी बनाउन मद्दत गर्नुभयो। धेरै समय पछि मन्त्रि पनि हुनुभयो।कवि सम्मेलनमा नेपालको तर्फबाट देश विदेश जानुहुन्थ्यो। उहाँको मृत्यु भने दुखत् तवरले भयो । वैष्णवले थपे महाकविले भाषा अनुवादमा काम गरेर पुस्तक लेखेर अनि ट्युसन पढाएर पैसा कमाउनुहुन्थ्योे। तैपनि दुख भने थियो । वैष्णवले भने, तर बाटोमा गरिब देखे आफ्नो कोट नै फुकालेर दिन्थे पैसा बाड्दै हिड्थे

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्