दुई बटे पाँच



रूसमा अधिकांश परीक्षाहरूको सर्वाधिक पूर्णाङ्क ५ हुने गर्दछ। यहाँ कुनै विद्यार्थीले परीक्षामा कुनै पनि प्रश्नहरूको उत्तर नदिएमा वा परीक्षामा केही नलेखि कपि फिर्ता गरेमा समेत ५ मा २ अङ्क प्राप्त गर्दछ।

मस्को विश्वविद्यालयमा पढ्ने एक जना विदेशी विद्यार्थीलाई सुरुमा यो कुरा थाहा थिएन। जब उसले यस प्रणालीको बारेमा थाहा पाए उनी आश्चर्य चकित भए। उनले प्रोफेसर डा. थियोडोर मेद्रेवलाई सोधे- के कुनै विद्यार्थीलाई कुनै पनि प्रश्नको उत्तर नदिएरै ५ मा २ अङ्क दिनु उचित हो? किन? त्यस्ता विद्यार्थीहरूलाई किन एक शून्य अङ्क नदिने? के शून्य अङ्क दिने तरीका गलत हो?

विदेशी विद्यार्थीको प्रश्न सुनेर प्रो. डा. थियोडोर मेद्रेव जवाब दिए-

हामी एक मानवलाई शून्य कसरी दिन सक्छौ?

एक विद्यार्थी जब बिहानै ७ बजे उठेर सबै व्याख्यानमा भाग लिइ राखेको हुन्छ भने हामी कसरी उसलाई शून्य दिन सक्छौ?

एक विद्यार्थी चिसो मौसममा पनि कक्षाको लागि, परीक्षाको लागि भनेर जाग्छ भने हामी उसलाई कसरी एक शून्य दिन सक्छौ?

एक विद्यार्थी सार्वजनिक यातायात उपयोग गरी-गरी समयमा नै परीक्षा दिन आइपुग्छ र प्रश्नहरूको उत्तर दिने कोसिस गर्दछ भने हामी उसलाई कसरी एक शून्य दिन सक्छौ?

हामी कुनै पनि विद्यार्थीलाई उसले अध्ययनमा बिताएको चिसा रातहरूको लागि कसरी शून्य दिन सक्छौ?

जब विद्यार्थीहरूले कलम, कपिमा र पढाईमा आफ्नो पैसा खर्च गर्दछन्, पढाईको लागि एक कम्प्यूटर समेत खरीद गर्दछ भने उसले पढाईमा गरेको लगानीको लागि हामी कसरी उनीहरूलाई एक शून्य दिन सक्छौ?

जब विद्यार्थीहरूले अन्य सबै जीवन शैली छाड़ेर आफ्नो बेग्लै विद्यार्थीको जीवन शैली अपनाई रहेका हुन्छन् भने यो त्यागको बदलामा उनीहरूलाई हामी कसरी एक शून्य दिन सक्छौ?

कुनै पनि विद्यार्थीहरूलाई प्रश्नपत्रमा सोधिएको उत्तर थाहा नहुँदैमा हामी कसरी उनीहरूलाई एक शून्य दिन सक्छौ ?

हामीले कुनै पनि विद्यार्थी एक मानव जाति हो, उ एक मस्तिष्क हो र कम से कम उसले कोसिस गरिराखेको छ भन्ने तथ्यलाई सम्मान र प्रसंसा गर्ने कोसिस गर्दछौ।

कुनै पनि परीक्षामा हामी जुन अङ्क दिन्छौ त्यो केवल परीक्षामा सोधिएका प्रश्नहरूको लागि मात्र होइन, त्यो अङ्क कुनै पनि विद्यार्थी एक मानव जाति हो र उ अङ्क पाउन योग्य छ भन्ने तथ्यको लागि समेत हो।

शून्यले विद्यार्थीहरूको उत्प्रेरणालाई कम गर्न सक्दछ। छिटो उनीहरूलाई नष्ट गर्न सक्दछ। शून्यको कारण उनीहरूले पुरै पढाइलाई बेवास्ता गर्न सक्दछन्।

जब एक पल्ट कुनै विद्यार्थीको ग्रेड बुकमा शून्य अङ्क लेखिन्छ तब उसलाई त्यो विषयको वास्ता हुन छाड्छ। उसलाई लाग्न थाल्छ कि यो विषयमा उसले केही गर्न सक्दैन।

म पनि धेरै परीक्षाहरूमा रोए। मलाई थाहा भएन मैले कसरी जवाफ लेखे। तर मैले एक मानव जातिको रूपमा आफ्नो मूल्य बुझेको थिए। आज म आफ्नो कहानी शिक्षकहरूलाई एक सन्देशको रूपमा बताउने गर्दछु ताकि यस जर्जर शैक्षिक व्यवस्थालाई बदल्न सकियोस्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्