बैदेशिक रोजगार

ओमानसँग श्रम समझदारी हुने

By थाहा अनलाइन

November 18, 2019

सरकारले नेपाली कामदारको आकर्षक श्रम गन्तव्यको रुपमा रहेको ओमानसँग श्रम समझदारी गर्ने भएको छ । दुई देशबीच हुने समझदारीको मस्यौदालाई मन्त्रिपरिषद बैठकले पारित गरिसकेको छ ।

दुई देशबीच समझदारीको मस्यौदामा केहि समय अघि सहमति जुटेको थियो । केही समयभित्रै ओमानका श्रम मामिलामन्त्री नेपाल आएर समझदारीमा हस्ताक्षर हुने मन्त्रालय स्रोतले बतायो ।

हस्ताक्षरअघि ओमान सरकारले पनि यो समझदारीलाई पारित गर्नुपर्छ ।