जनक नेपाली दाङ, २ कार्तिक । आज लक्ष्मी पुजाको दिनदेखि अल नेपाल ‘रुद्रप्रिया’ प्रदर्शनमा आउदैछ । रेखाको रुद्रप्रिया कसरी बन्न पुग्यो भन्ने कुरामा धेरै पाठक तथा दर्शकहरु जानकार कौतुहलता जागेको छ । तर केही समय अगाडी काठमाण्डौमा घटेको एसिड काण्डका बिषयमा केन्द्रीत रहेर निर्माण गरीएको यो चलचित्रलाई सत्य घटनामा आधारीत चलचित्र समाजमा घटिरहेको घटनाबाट प्रेरित भएर निर्माण गरिएको नायिका रेखा थापाले जानकारी दिनुभयो ।रुद्रप्रिया का दुई पात्र रेखा र आर्यनको अभिनयले चलचित्रलाई अझ बढी मुर्तरुप दिएको छ । समग्रमा भन्दा चलचित्र ‘रुद्रप्रिया’ले आर्यन र रेखाको चलचित्र यात्रालाई बढाउने थापा बताउनु हुन्छ ।
रुद्रप्रिया हेर्नुका तीन कारण
ब्याक रेखा आर्यन रेखा थापा र आर्यन सिग्देलको जोडी दर्शकले रुचाएको जोडी हो । किस्मत ‘हिफाजत र कसले चोर्यो मेरो मन जस्ता फिल्ममा रेखा र आर्यनको जोडीलाई दर्शकले रुचाएका छन् । दर्शकले रुचाएको यो जोडी झण्डै आठ वर्षपछि रुद्रप्रिया मार्फत फर्किएको छ थापाले वताउनुभयो । रेखा र आर्यनकै कारण ‘रुद्रप्रिया प्रतिक्षित बन्न पुगेको छ । रेखा रुप रुद्रप्रिया मा रेखाको रुपको पनि चर्चा छ । पोस्टरमा आधा मुहार ढाकेकी रुद्रप्रिया प्रति कौतुहलता छ कि उनको आधा मुहार किन ढाकियो यो सँगै रेखाको भूमिकाप्रति पनि चासो छ । धेरै जसो फिल्महरुमा गुण्डालाई गोद्ने रेखा रुद्रप्रियाको प्रोमोमा भने मौन देखिएकी छिन ।नयाँ निर्देशक रुद्रप्रियाका निर्देशक सुदीपबबी भूपाल सिंह रेखा फिल्मसका लागि नयाँ हुनु हुन्छ । रुद्रप्रिया कस्तो बनाए होला त यो पनि थप कौतुहलताको विषय बनेको छ । रेखा फिल्मस बनाउने फिल्ममा प्रयाः फिल्ममा निर्देशक एकै हुन्थे ।
रुद्रप्रिया हिट हुनुका कारण
अहिले विभिन्न कारणले चर्चामा छ । गीत संगीतले बजारमा मच्चाएको तहल्काले होस वा ८ वर्षपछि एकसाथ पर्दामा फर्किएका रेखा थापा र आर्यन सिग्देलको जोडीका कारण नै किन नहोस ‘रुद्रप्रियाको चर्चाले सिनेबजार तातिरहेको छ । फिल्मको ट्रेलरले पनि अहिले दर्शकबाट सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ । मान्यता राख्ने उनी यसपटक त्यसलाई भत्काउने दाउमा छिन्। म यसलाई होइन भन्दिनँ तर यो पूरै सत्य पनि होइन,उनी आंशिक रूपमा स्वीकार्छिन्लु टपछि नेपाली फिल्मको दिशा बदलिएको छ। त्यस अनुसारका फिल्ममा म आएकी छैन। म परिवर्तनबाट पर रहेको देखिएला। फिल्म उद्योगलाई परिवर्तन गर्छु भनेर आएको नयाँ मेकरहरू विशेषगरी नयाँ निर्देशकले आफूभन्दा फरक गर्न सक्छे भनेर चुनौती दिन नसकेकाले यस्तो भएको हो। म चाहन्थेँ कोही नयाँ निर्देशकले मलाई चुनौती देओस् म त्यो चाहँन्छु रेखाले भन्नुभयो ।
फिल्म ‘रुद्रप्रिया’लाई सुदिप बबी भूपाल सिंहले निर्देशन गरेका हुन् । फिल्मका कार्यकारी निर्माता रमेश एमके पौडेल हुन । फिल्ममा राजनराज सिवाकोटी, सुरेश अधिकारी र अर्जुन पोखरेलको संगीत छ । सञ्जय लामा फिल्मका छायाँकार हुन् । रेखा फिल्मसको ब्यानरमा निर्माण भएको रेखा थापा प्रस्तुकर्ता रहेको फिल्म ‘रुद्रप्रिया’लाई रेखाकी आमा सरस्वती थापाले निर्माण गरेकी हुन् ।