राति १० बजे पछि भैलो खेल्न नपाईने



सैघाली खबर दाङ २ कार्तिक । जिल्ला प्रहरी कार्यालय दाङले राति १० बजे सम्ममात्र सर्व— साधारणलाई भैलो नखेल्न आग्रह गरेको छ । चाडपर्वको समयमा विभिन्न आपराधिक घटना घट्ने भन्दै सर्वसाधारणको सुरक्षालाई ध्यान दिदै राति १० बजेपछि भैलो नखेल्न जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख दाङका प्रहरी प्रमुख दुर्गा सिंहले सबैमा आग्रह गर्नु भएको छ । त्यसँगै चाडपर्वको समयमा हुने अपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न समेत प्रहरी लागि परिरहेको उहाँले वताउनुभयो । चाडपर्वको समयमा रमाईलोका नाममा भैलो गर्दा झगडा हुने भएकाले प्रहरीले रातको समयमा पनि प्रहरी गस्ति बढाएको वताउनुभयो । सिंहले घर वरपर अथवा घर टाढा जानु पर्ने भए नजिकको प्रहरीलाई खबर गर्न आग्रह गर्नुभयो । साथै आफ्नो छर छिमेक कुनै घटना घटे नजिकको प्रहरी वाट जिल्ला प्रहरी कार्यालयको १०० मा खबर गर्न समेत प्रहरी प्रमुख सिंहले सर्बसाधारण सबैमा आग्रह गर्नुभयो । चाडपर्वमा हुने सम्भावित खतरालाई मध्यनजर गर्दै नियमित प्रहरीको गस्ती,सादा पोसाकमा व्यापक मात्रमा प्रहरी परिचालक गरिरहेको उहाँले जानकारी दिनुभयो । झण्डै ६ लाख सहित ९३ जुवाडे पक्राउ दाङ प्रहरीले चाडपर्वको समयमा हुने जुवातासलाई न्यूनिकरण गर्नका लागि विशेष सक्रियता थालेको छ । जिल्ला प्रहरी कार्यालय दाङले एक महिनामा जिल्लाका विभिन्न स्थानवाट ९३ जना जुवाडे हरुलाई ५ लाख ८० हजार ६ सय ५६ रुपैया सहित पक्राउ परेको बताएको छ ।असोज १ देखि ३१ गतेसम्म घोराही क्षेत्रका सात स्थानवाट ५३ जना जुवाडे सहित तीन लाख १८ हजार चार सय ८१ रुपैयाँ र तुलसीपुर क्षेत्रवाट ४० जना जुवाडे सहित दुई लाख ६२ हजार एक सय ७५ रुपैयाँ नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख दाङका प्रहरी प्रमुख दुर्गा सिंहले जानकारी दिनुभयो ।

प्रहरीले असोजको ३० गते राति घोराही उपमहानगरपालिका–१३ बाट १३ जना जुवाडे सहित १ लाख ४२ हजार एक सय १६ रुपैयाँ नियन्त्रणमा लिएको वताउनुभयो ।घोराही उपमहानगरपालिका–८ वेलुवाबाट आठ जना जुवाडे सहित ३५ हजार एक सय ६०, घोराही उपमहानगरपालिका–१४ वटा पाँच जुवाडे सहित २४ हजार सात सय ५५, घोराही उपममहानगरपालिका–२ बाट ६ जना जुवाडे सहित ५० हजार ७० रुपैया, घोराही–१८ बाट ६ जुवाडे सहित १७ हजार एक सय ५५, घोराही–१० बाट ११ जना जुवाडे सहित २५ हजार एक सय ५५ र घोराही–४ वाट ६ जना जुवाडे सहित २४ हजार ७० रुपैयाँ प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सिंहको भनाई छ ।प्रक्राउ पर्नेमा घरमा संगठित रुपमा जुवा खेलाउने एक जना महिला पनि रहेको प्रहरीले जनाएको छ ।दाङमा जुवातास खेल्ने कार्यलाई निरुत्साहित गर्ने कार्यमा प्रहरी लागि रहेको उहाँको भनाई छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्