अपहरण पछि हत्या गरिएका बालक प्रयास कुँवरको स्मृतिमा अक्षयकोष



अमृत भट्टराई, बिहादी पर्वत
अपहरणपछि हत्या गरिएका पर्वत बर्राचौरका ८ बर्षिय बालक प्रयास कुँवरको स्मृतिमा हजुरबुवा बिहादी गाउँपालिका २ का वडाअध्यक्ष ओमप्रशाद कुँवरले आम्बारी आधारभूत बिद्यालयमा नगद रु ५० हजार को अक्षयकोष स्थापना गरेकाछन् ।

आइतवार विद्यालयमा एक कार्यक्रमका बीच वडा अध्यक्ष कुँवरले नाति प्रयासको वार्षिक पुण्य तिथिको अवसरमा अक्षयकोष स्थापना गरेका हुन् । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बिहादी गाउँपालिकाका अध्यक्ष कमलप्रसाद भुषालले देशमा रहेको राजनीतिक अस्थिरताले हिजोको दिनमा अपहरण र हत्याका धेरै घटना हुने गरेको भएपनि अहिले त्यस्ता घटनाहरु बिस्तारै कमि हुँदै गएको बताए । भुषालले प्रयासको हत्यामा संलग्नलाई अदालतद्वारा जन्मकैदको सजाय दिएकोे प्रसंग जोड्दै यस्ता कार्यमा संग्लग्नहरुलाई हदैसम्मको सजाय हुनुपर्ने बताए ।

आम्बारी आधारभूत विद्यालय शिक्षक अविभावक संघका अध्यक्ष सोमनाथ पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा शिक्षक घनश्याम पौडेलको स्वागत मन्तव्य र शिक्षिका सुष्मा पौडेलले संचालन गरेको कार्यक्रममा प्रयासका बुवा प्रबिण कुँवर र आमा गंगा कुँवरले कीर्तिपुरमा रहेको अनाथालयमा पुगेर ३० जना बालबालिकालाई खाना खुवाउनुको साथै न्यानो कपडा वितरण गरेका थिए ।

प्रयासको २०७५ साल मंसिर ११ गते घरमा गाडीचालकको रुपमा काम गर्ने स्यांजाका महेन्द्र शार्किले काठमाण्डुको गोंगबुमा रहेको होटलबाट अपहरण गरि हत्या गरेका थिए । शार्कीलाई प्रहरीले तत्काल पक्राउ गरेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्