मानपदवी नलिने प्रकाश दाहालको घोषणा



१५ जेठ, काठमाडौं ।Prakash-Dahal प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”का पुत्र प्रकाश दाहालले आफूलाई दिइएको सुप्रवल जनसेवाश्री पदक नलिने घोषणा गरेका छन् । प्रकाशले आफ्नो फेसबुक पेजमा आफूलाई जनसेवाश्री पदक दिने गरेकोमा सरकारलाई आभार व्यक्त गर्दै भनेका छन्, “मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।”

प्रकाशले भनेका छन्, “समतामूलक समाजको निर्माण, जनताको मुक्ति, आर्थिक–सामाजिक रुपान्तरण र राष्ट्रको समृद्धिका लागि जनयुद्ध, जनआन्दोलन लगायतका राजनीतिक संघर्ष र परिवर्तनमा मेरो प्रत्यक्ष भूमिका छ । म आज पनि देशको परिवर्तन र समृद्धिकै आकांक्षासहित राजनीति र राष्ट्रिय अभियानमा समर्पित छु र भोलि पनि हुनेछु । गणतन्त्र दिवसका अवसरमा नेपाल सरकारले मलाई सुप्रवल जनसेवाश्री पदक दिने निर्णय गरेकोमा हार्दिक आभार व्यक्त गर्दछु ।” उनले आफ्नो स्टाटसमा थपेका छन्, “पदकका लागि मेरो कुनै आकांक्षा थिएन र छैन । गणतन्त्रका निम्ति त्याग, बलिदान र जीवन समर्पण गर्ने योद्धाहरुको भूमिका र योगदानको सम्मान गर्नु मेरो कर्तव्य हो । त्यही कर्तव्यलाई बोध गर्दै मलाई प्रदान गरिएको पदक नलिने घोषणा गर्दछु ।”

आफ्नो स्टाटसमा प्रकाशले लेखेका छन्, “यो देशका लागि अझै मैले धेरै काम गर्न जरुरी छ ।” उनले आआफ्ना स्टाटसमा “सुझाव, सल्लाह र प्रतिक्रिया व्यक्त गर्नुहुने सम्पूर्ण मित्रहरुमा हार्दिक धन्यवाद दिन चाहन्छु”, भनेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्