सैघाली खबर
दाङ,६ कार्तिक । तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले व्यावसायिक खेती प्रणालीमा जोड दिएर परनिर्भरता हटाउनुपर्नेमा जोड दिनुभएको छ । उपमहानगरपालिकाले कृषकलाई व्यवसायिक वनाउनका लागि कृषि र पशुपालन क्षेत्रमा विशेष वजेट विनियोजन गरेको वताउदै प्रमुख अतिथि पाण्डेले विषात्त औषधिको प्रयोगले मानव स्वास्थ्यमा गम्भिर असर पर्ने भएकाले यसबारेमा पनि कृषकहरु सचेत हुनुपर्ने वताउनुभयो । “घरमा खानका लागि मात्रै होइन वजारमा वेच्नका लागि पनि कृषि उपजहरुको उत्पादन गर्नु पर्दछ ” पाण्डेले वताउनु भयो ।
तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १२ को कचिलीमा मितेरी वचत तथा ऋण सहकारी संथाले आयोजना गरेको कृषक दिवस तथा आएपिएम कृषक पाठशालाको समापन कार्यक्रममा वोल्दै कारितास नेपालका प्रवन्धक तेजवहादुर वस्नेतले कृषकहरुलाई व्यावसायिक वनाउनमा कारितासले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको वताउनुभयो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।