राप्ती उपक्षेत्रिय अस्पतालको दर्दशा ‘फेरियो संरचना ,फेरिएन सेवा ’



गिरिराज नेपाली
दाङ, ६ कार्तिक । राप्ती उप–क्षेत्रिय अस्पतालको स्तरोन्नती वढ्दै गए पनि स्तरोन्नती अनुरुप सेवा फेरिन अझै सकेको छैन । वि.स. २०१६ सालमा पौषमा हेल्थ सेन्टरका रुपमा स्थापना राप्ती ०२१ साल चैत्र १२ गते १५ शैयाको स्वीकृत प्राप्त गरेको थियो । हेल्थ सेन्टर वाट स्तरोन्नती भई ०६५ साल चैत्र १२ गते ५० शैयाको जिल्ला अस्पतालमा स्तरोन्नती भएको थियो । 
जिल्ला अस्पताल वाट ०७१ साल श्रावण १० गते १ सय शैयाको अनुमति प्राप्त गरी उप–क्षेत्रिय अस्पतालमा फेरिए पनि अस्पतालको सेवा अझै उही ५० शैयाकै स्तरमा रहेको देखिन्छ । जिल्ला अस्पताल वाट उप–क्षेत्रिय अस्पतालमा स्तरोन्नती भएको करिव २ दशकको पेरिफेरीमा रहेमा पनि अस्पतालको दरवन्दी अहिले पनि उही जिल्ला अस्पतालकै स्तरमा छ ।
राप्ती उप– क्षेत्रिय अस्पताल शैया र सरकारी वजेटको अनुपातमा फेरिए पनि नागरिकहरुको स्वास्थ्य उपचारका सवालमा अझै नफेरिएको साँविक सतवरिया ३ का ५१ वर्षिय खुसीराम चौधरीले बताउनुभयो ।

सरकारी स्वास्थ्य क्षेत्र सुधार संगै राप्ती उप– क्षेत्रिय अस्पताल लाई प्रतिष्ठानका रुपमा विकास गरिएता पनि स्वास्थ्य सेवा सुधार अझै हुन नसकेको उहाँले वताउनुभयो । जिल्ला अस्पताल हुदै उप–क्षेत्रिय अस्पताल बनि सक्दा समेत अस्पतालको सेवा स्तर अझै फेरिन नसकेको उहाँले वताउनुभयो । चौधरीले – अस्पतालको पुराना भवन पुरै फेरिए , तर सेवा भने उही पुरानै छन । ’

जताततै दुर्गन्धै–दुर्गन्ध छ । शौचालयको अवस्था पनि उस्तै छ । अस्पतालको रुपमा मात्रै फेरेर के गर्ने सेवा उस्तै छ भने जतिवेला विरामी लाई डाक्टरको आवश्यक पर्छ । त्यो बेला डाक्टर नै हुदैनन । सवै सिकारुकै भरमा छोडेका हुन्छन । उहाँले भन्नुभयो –डाक्टर खै ! भन्दा डाक्टर साप बाहिर हुनुहुन्छ भन्छन । ’ औषधी लिन गयो बाहिर जानुहोस् भन्छन । ’
सरकारी अस्पतालको उपचारका निजि मेडिकलको औषधी खानु पर्ने वाध्यता छ । सरकारले सरकारी अस्पतालमा सर्वसुलभ मुल्यमा औषधालय सेवा सुरु गरे पनि त्यो सेवा अझै सेवाग्राहीमैत्री नभएको उहाँले वताउनुभयो । थोरै मुल्यका सस्तो औषधी मात्रै अस्पतालको औषधी पसलमा पाईन्छ । मंहगो ‘धेरै’ मुल्यको औषधी निजि मेडिकल पसल वाट किनेर ल्याउनु पर्ने वाध्यता छ । दैनिक सयौ सेवाग्राही सेवा लिन छौ । तर अस्पतालले सेवामा कुनै दिन फरक पारेन । जस्तो थियो उस्तै चलेको छ । उहाँले भन्नुभयो – ओपिडी , ईमरजेन्सी र ल्याव सेवामा डाक्टर भन्दा पनि सिकारु डाक्टरको चाँप वढि देखिन्छ ।

त्यस्तै घोराही उप–महानगरपालिका वडा नम्वर ५ का तेज वहादुर नेपालीले सामाजिक सेवा ईकाई पनि सहयोगीहरुका लागि असहयोगी बन्दै गएको उहाँले वताउनभयो । नेपाल सरकारले गरिव, असहाय, अपाङ्ग, जेष्ठ नागरिक, लैंगिक हिंसा पिडित महिला र स्वास्थ्य स्वयम सेविकाहरु लाई निशुल्क औषधी वितरण गर्ने सेवा ईकाई रहे पनि त्यो सेवा ईकाईले लाभान्वित सेवाग्राही लाई लाभ दिन नसकेको गुनासो गर्नुभयो ।

नेपालीले भन्नुभयो – मेरो ढाडको पलाएको मासुको अप्रेशन गरी फाल्नुपर्नै डाक्टरी सल्लाह अनुरुप अप्रेशन गर्ने तयारी भए पनि अस्पतालले आफुवाट औषधी असुली गरेको उहाँले वताउनुभयो । गरिव विपन्नको औषधीको उपचारका लागि कुनै शुल्क नलाग्ने सामाजिक सेवा ईकाई स्थापना गरे उक्त सेवा ईकाईले लाभान्वितको सेवा पु¥याउन नसकेको उहाँले वताउनुभयो । उहाँले भन्नुभयो – अप्रेशनको रकम मात्रै सामाजिक सेवा ईकाईले गरेको छ । ’ औषधीको पैसा कति छुट छैन । थोरै मुल्यका औषधीहरु सामाजिक सेवा ईकाईले पाईन्छ । तर धेरै मुल्यका महगा औषधीहरु निजि पसल वाट किन्नु परेको छ । नेपालीले भन्नुभयो – सेवा ईकाई सेवा नै असहयोगी वन्नेको छ । पहुचवालाहरुले तुरुन्तै सजिलै सेवा ईकाईका सवै सेवाहरु पाउछन । आफु वोल्न जान्दैन जे गर्नुस् भन्छन । त्यो सरासर गर्नु वाहेक अन्य विकल्प देख्दिन । उहाँले भन्नुभयो – राज्यले जसका लागि दिएको हो , उनै त्यो पाउने कहिले होला ?

जनशक्ति अभाव
राप्ती उप– क्षेत्रिय अस्पताल हाल एक सय शैयाको सेवा सुचारु गरी रहे पनि अस्पतालको सेवा
स्वीकृत अनुसार जनशक्ति नरहेको अस्पताल प्रशासनले जनाएको छ । अस्पतालको आवश्यकता अनुरुप जनशक्तिको व्यावस्थापन हुन नसक्दा विरामी संगै अस्पतालले पनि निकै सकस व्यहोर्नु परेको अस्पतालका निमित्त मेडिकलसुपरीटेन्डेटेड डा. जर्नादन पन्थीले बताउनुभयो । पन्थीले भन्नुभयो– अस्पतालले ५० शैयाको दरवन्दीले हाल सम्म अस्पताल चलेको छ । दरवन्दी थपमा सरकारले चाँसो देखाउदैन । जनशक्ति व्यावस्थापनका लागि पनि वैकल्पीक उपाय कुनै नभएको उल्लेख गर्दै उहाँले भन्नुभयो– अस्पतालको नामाकरण , भौतिक संरचनामा मात्रै फेर्ने राज्यको प्रयासले सेवा फेर्न नसकेको बताउनुभयो ।

अस्पताल लाई आवश्यक जनशक्ति व्यावस्थापन हुन नसक्दा सेवाग्राहीले यस्तो समस्या भोग्नु परेको छ । अस्पतालको १ सय २१ दरवन्दी मध्ये हाल ८१ दरवन्दी मात्रै पुर्ति भएको छ । भने वाँकी ४० रिक्त रहेका पन्थीले जानकारी दिनुभयो । अस्पतालमा हाल न्युरोसर्जन , काँडिओलोजिष्ट , प्याथोलोजिष्ट्र मेट्रटन , मानसिक रोग विशेषज्ञ , फारोलोजिस र फार्मेसी अधिकृत लगाएतको दरवन्दी रिक्त रहेका छन ।

अस्पतालले जनशक्ति अभावको समस्या भोग्दै पनि सहज स्वास्थ्य सेवा सुचारु गरीरहेकाले अस्पताल प्रशासन सेवा सुधारोन्मुख अवस्थामा रहेको डा. पन्थीले बताउनुभयो । ओपिडी, ईमरजेन्सी र ल्याव सेवा , डाईलासिस र प्रसुती सेवा लाई सेवामैत्री बनाउन प्रयासमा अस्पताल लागेको छ । पन्थीले भन्नुभयो – स्वास्थ्य विज्ञान प्रतिष्ठान घोषणा भए संगै राप्ती उप– क्षेत्रिय अस्पतालले नयाँ मुहार फेरेकाले त्यो अब ति समस्याहरु विस्तारै समाधान हुन सक्ने उहाँले वताउनुभयो ।
सरकारले नितिगत रुपमा यही असोज ३गते स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा पास गरे पनि आवश्यक पुर्वाधार , जनशक्ति र अन्य उपकरण कामहरु अघि वढाउन सकेको छैन । प्रतिष्ठानका लागि नेपाल सरकारले करिव ४ करोड रुपैया विनियोजन गरे पनि त्यो रकम प्रतिष्ठान निर्माणको दौडधुपमा खर्च भएको डा. पन्थीले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्