मुख्य सचिवमा लोकदर्शन



 

काठमाण्डौ ६ , कार्तिक सरकारले मुख्यसचिवमा लोकदर्शन रेग्मीलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको सोमबार बिहान बसेको बैठकले रेग्मीलाई मुख्यसचिव नियुक्त गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।

गत असार २३ गते नियुक्त भएका मुख्यसचिव राजेन्द्रकिशोर क्षेत्री ५८ वर्षे उमेरहदका कारण कात्तिक ७ गतेदेखि अनिवार्य अवकाश पाउने भएपछि सरकारले वरीयतामा तेस्रो नम्बरमा रहेका गृहसचिव सुवेदीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

मुख्यसचिवको दौडमा ङइन्द्रप्रसाद उपाध्याय र शंकरप्रसाद अधिकारी पनि थिए । तर, राजनीतिक नेतृत्वसँग सीधा सम्पर्क भएका रेग्मीले मुख्यसचिव बाजी मारेका हुन् । निजामती सेवामा २३ वर्ष बिताएका रेग्मी जनप्रशासनमा स्नातकोत्तर हुन् । रेग्मीले अर्थ, गृहजस्ता शक्तिशाली मन्त्रालयको प्रशासनिक नेतृत्व गरिसकेका छन् ।

सचिवहरुको सरुवा
सरकारले केही सचिवहरुको सरुवा गरेको छ । लोकदर्शन रेग्मी मुख्यसचिव भएपछि गृह मन्त्रालयमा सामान्य प्रशासन मन्त्रालयका मोहनकृष्ण सापकोटालाई लगिएको छ । शंकरप्रसाद अधिकारीलाई अर्थ, ङइन्द्रप्रसाद उपाध्यायलाई लोकसेवा आयोग, रेश्मीराज पाण्डेलाई सामान्य प्रशासन, युवकध्वज जीसीलाई वन र प्रकाश माथेमालाई पशुपन्छी मन्त्रालयमा सरुवा गरिएको छ ।

 

बैठकले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सीईओ गोविन्दराज पोखरेलको राजीनामा स्वीकृत गरेको छ । प्राधिकरणमा पूर्वसचिव युवराज भूसाललाई ‘तत्कालका लागि’ सीईओको जिम्मेवारी दिएको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्