जाडो मौसमको सुरुवात संगै बाढी पिडित समस्यामा



सैघाली खबर
दाङ, ६ कार्तिक । जाडो मौसमको सुरुवात संगै दाङ बाढी पिडितहरु समस्यामा परेका छन् । चिसोका कारण सबै भन्दा बाल बालिका र बृद्ध बृद्धाहरु समस्यामा परेको पिडितहरुले वताएका हुन । जाडो यामको सुरु संगै बाढी पिडितको घर बनाउन नसक्दा समस्यामा परेको उनिहरुले वताएका छन् । बाढीले घर बगाउदा त्रिपालमुनी मुनि बस्दै आएका धेरै जस्तोको टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखिन थालेको बाढी पिडित नर बहादुर बिकले बताउनुभयो ।
साउनमा आएको बाढीले उनको घर भत्काएपछि उनका सबै परिवार अहिले आफन्तको घरमा बस्दै आएका छन । बाढी पिडित संग न्यानो कपडा लत्ता नहुदा पनि उस्तै समस्या झेलिरहेको वताएका छन् । जाडो याममा आउने पाहुनालाई कता बसाउने के खुवाउने, कहाँ सुताउने ठुलो पिरलो छ ।गत साउनमा आएको बाढीका कारण घर भक्तिएका कारण धेरै जस्ता सर्बसाधारणको घर भक्तिएका कारण कतिपय बाढी पिडित आफन्तकोमा कोही त्रिपालमुनी रात दिन कटाउन बाध्य भएको बाढीपीडित नर बहादुर बिकले बताउनुभयो ।

घर भत्किएको ४ महिना हुन लाग्यो अहिले सम्म सरकारले घर वनाउनका लागि कुनै पहल थालेको छैन । सरकारले पीडितलाई दुई लाख दिने गरेपनि त्यसले सुरक्षित घर निर्माण गर्न नपुग्ने भन्दै उक्त रकम एक मुष्ट र कम्तिमा पनि ५ लाख भन्दा बढी रकम घर निर्माणका लागि पीडितलाई दिनु पर्ने माग गरेका छन् ।दुई लाखले सिमेन्ट किन्ने की, ज्याला दिने की , दुंगा, गिट्टी किन्ने काठ किन्ने उहाँले भन्नुभयो । बाढीपीडितले त्रिपाल मुनि नै लक्ष्मी पुजा गर्नु पर्ने बाध्यता रहेको वताउनुभयो ।चाडपर्वमा मिठो मसिनो खानेकुरा बनाउनु प¥यो तर घरमा खाने चामल छैन भएन उहाँले गुनासो पोख्नुभयो । जाडो मौसममा कसरी घर निर्माण गर्ने भन्ने चिन्ता छ विकले भन्नुभयो ।

घरभित्र रहेका सबै सम्पति बगाएकाले घर निर्माणका लागि आफुसंग कुनै स्रोत नभएको उहाँले वताउनुभयो।सरकारले दिने गरेको रकम पनि एक मुष्ट नभएर किस्ता किस्तामा दिन्छ, यसले झनै समस्यामा छौ ।सरकारले बाढीपीडितलाई स्थायी रुपमा सुरक्षित आबासको ब्यबस्था नगर्दा सम्म बर्षेणी बाढीबाट पीडित भईरहने वताएका छन् ।बाढीपीडितलाई सामुदायिक बनका जग्गामा आबास मिलाउनुपर्ने उनको माग छ  अधिकांस बाढीपीडित गरिब तथा दलित समुदायको भएकाले सुरक्षित ठाउँमा जग्गा किन्न सक्ने अबस्था छैन ।जसले गर्दा खोलाकै किनारमा घर बनाउदै आएको वताएका छन् ।सुरक्षित ठाउमा जग्गा उपलब्ध नहुँदा खोलाकै किनारमा घर बनाएर बसेका र बर्षेणी बाढीपीडित बनिरहेको उनले उनिहरुको गुनासो छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्