सावरीमुक्त ठमेल बजार



सैघाली खबर
काठमाण्डौ, ६ कार्तिक । देशको प्रमुख पर्यटकीय क्षेत्र ठमेललाई सवारीसाधनमुक्त क्षेत्र ९भेहिकल फ्री जोन० बनाइएको छ । ठमेललाई व्यवस्थित पर्यटकीय केन्द्रका रूपमा विकास गर्न आइतबारदेखि सवारीसाधनमुक्त क्षेत्र बनाइएको हो ।
काठमाडौं महानगरपालिका, महानगरीय ट्राफिक प्रहरी महाशाखा, ठमेल पर्यटन विकास परिषद्को पहलमा ठमेल क्षेत्रलाई भेहिकल फ्री जोन बनाइएको हो । ठमेल क्षेत्रमा प्रवेश गर्ने सवारीसाधनलाई विभिन्न स्थानबाट सञ्चालनमा रोक लगाइएको हो ।
महानगरीय ट्राफिक व्यवस्थापन महाशाखाका अनुसार त्रिदेवी मार्गबाट ठमेलतर्फ आउने सवारीसाधनले मात्र प्रवेश पाउनेछन् भने अन्य मार्गबाट आउनेलाई प्रवेशमा रोक लगाइएको छ । ज्याठा र त्रिदेवी सडकखण्डलाई दुईतर्फी सञ्चालन गरिने भएको छ । क्षेत्रपाटीबाट जेपी मोड, ठँहिटी र ठमेल आउने सडकमा दुईपांग्रे सवारीसाधनलाई मात्रै दुईतर्फी सञ्चालन गर्न दिइनेछ ।

ठमेलबाट बाहिर जाने सवारीसाधन सातघुम्ती, सोह्रखुट्टे ओरालो, क्षेत्रपाटी, भगवती बहाल, अमृतमार्ग, टँहिटीबाट दाहिनेतर्फ भने जान पाउनेछन् । ठमेल क्षेत्र भित्रको सडकमा कुनै पनि सवारीसाधन पार्किङ गर्न नदिने र ट्राफिक संकेतको व्यवस्थापन गरी सवारी आवागमन अझ प्रभावकारी बनाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी नायव महानिरीक्षक सर्वेन्द्र खनालले बताएका छन्।

ठमेल महानगरपालिकाको वडा नम्बर १६, १७, २६ र २७ पर्छन् । झन्डै एक दशकअघि पनि ठमेललाई भेहिकल फ्री जोन बनाउन पहल गरे पनि महानगरपालिकाले सकेको थिएन । आइतबारदेखि सवारीमुक्त भनेर तोकिएको क्षेत्रमा अत्यावश्यक सवारीसाधनले मात्र प्रवेश पाउने महाशाखाका अपरेसन इन्चार्ज मधुसूदन सिलवालले जानकारी दिए । उनले अन्नपूर्णसँग भने, ‘पानी, एम्बुलेन्स, पर्यटन र सुरक्षालगायत अत्यावश्यक सवारीसाधनको प्रवेशमा रोक लगाइनेछैन बाँकी सबै सवारीलाई आजैदेखि प्रवेशमा रोक लगाएका छौं ।’

सबैलाई सूचना नभएको र अभ्यासको कमीका कारण बिहान उक्त क्षेत्रमा सवारीसाधन चले पनि मध्याह्न १२ बजेदेखि मात्र सवारीसाधन प्रवेशमा रोक लागेको थियो । सिलवालका अनुसार ट्राफिकले ठमेल क्षेत्रमा जथाभावी हुने पार्किङलाई पनि रोक्ने बताएको छ भने वन(वेमा पनि विशेष कडाइ गरिनेछ । जनचेतनाका लागि ट्राफिकले अहिले विभिन्न ठाउँमा ट्राफिक चिह्न राखिरहेको उनले जानकारी दिए ।वडा नम्बर २६ का वडाध्यक्ष खेम तिवारीले ठमेललाई पैदलयात्रा गर्ने क्षेत्र ९वाकिङ स्ट्रिट० बनाउन नरसिंहचोकबाट पश्चिम, जेपी मोडबाट उत्तर, सातघुम्तीबाट दक्षिण र ठमेलको चोकबाट पश्चिम(दक्षिणका क्षेत्र समेटेर भेहिकल फ्री जोन घोषणा गरिएको जानकारी दिए । भेहिकल फ्री जोन घोषणा गरिए पनि आजसम्म ती क्षेत्रमा पार्किङको टुंगो लाग्न सकेको छैन । उनले अन्नपूर्णसँग भने, ‘पुरानो शिक्षा मन्त्रालय रहेको केशरमहलमा पार्किङ गर्न शिक्षा मन्त्रालय, समाजकल्याण परिषद्, छायादेवी कम्प्लेक्स र जेपी स्कुल ९अन्डरग्राउन्ड पार्किङ भएकाले० लगायतसँग छलफल अघि बढेको र बढाउने तयारी भएको छ ।’

नेपाल होटल एसोसिएन ९हान० का महासचिव विनायक शाहले सवारीसाधनमुक्त क्षेत्र सही भए पनि व्यवसायीको अर्बौंको लगानीमा सरकारले ध्यान दिनुपर्ने बताए । उनले भने, ‘सवारी प्रवेशका लागि मापदण्ड बनाएर कुन समयमा कस्ता सवारीलाई कति र कसरी प्रवेश गराउने निक्र्योल गर्नुपर्छ । पर्यटकलाई होटल पुग्न सहज होस् ।’ पर्यटन व्यवसायी सुमन पाण्डेले विमानस्थलदेखि ठमेल पुग्ने पर्यटकलाई ड्रप जोनको प्रभावकारी व्यवस्था हुनुपर्नेमा जोड दिए ।पर्यटन बोर्डका प्रमुख दीपकराज जोशीले हाल होटल व्यवसायी र सवारीसाधन रोकिएका क्षेत्रको गुनासो पनि सरोकारवालाले सुन्नुपर्ने बताए । ठमेल पर्यटन विकास परिषद्का महासचिव भवी शर्माले होटल व्यवसायी र ड्रप जोनमा पर्ने असरबारे सरोकारवालासँग छलफल गरिने जानकारी दिए । उनले भने, ‘गुनासा पनि छन् तिनको समाधान गर्न भोलि कुन सवारीसाधनलाई के कस्ता पास कसरी दिने र ड्रप जोनलाई कसरी व्यवस्थित बनाउने टुंगो लगाउँछौं ।’

प्रवेश निषेध गरिएका क्षेत्रका पसल तथा होटलमा समान ओसारपसार गर्न ती सवारीसाधनलाई भने राति १० बजेदेखि बिहान ५ बजेसम्म चल्न दिइनेछ भने उक्त क्षेत्रभित्र घरधनीलाई सवारीसाधन लैजान पाउने गरी विशेष व्यवस्था गर्ने योजना ट्राफिकसँग छ । महानगरपालिकाले ठमेललाई ‘वाकिङ स्ट्रिट‘ बनाउन होटल मनाङदेखि काठमाडौं गेस्ट हाउससम्म साथै वैशाली होटलदेखि ठमेल मार्ग ९भगवानपाउ मार्ग० सम्म सडक कालोपत्रे गर्दै छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्