सैघाली खबर
दाङ, ६कार्तिक । तुलसीपुर उपमहानगर वडानं १२ रझेनामा भैलोवाट संकिलत रकम त्यहाँस्थीत ओमसोमनाथ शिव मन्दिरलाई हस्तान्तरण गरिएको छ ।
समाजसेवी वसन्त केसीको अगुवाईमा तिहारमा खेलिएको भैलो वाट संकलन भएको १९हजार ३सय १५रुपैयाँ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष नुमाकान्त आचार्यलाई सोमवार हस्तान्तरण गरिएको हो ।
लक्ष्मीपुजाको दिन देखि भाई टिकासम्म खेलिएको भैलोमा रझेनाका अग्रजहरु ओवीराज वस्नेत, यज्ञवहादुर गौतम, पुर्णवहादुर भण्डारी जातिराम घर्ति ६०वर्षिय मनुघर्ति सहित तिहारमा भाइलाई टिकालगाउन आएका चेलीहरुको समेत संलग्नतामा भैलो खेलिएको जनाईएको छ ।
रमाईलोका लागि निकालिएको भैलोमा गाँउले ले दिएको दक्षिणाको सहिसदुपयोगका लागि गाँउकै मन्दिरलाई सहयोग गर्ने सहमति अनुसार संकलित सवैरकम हस्तान्तरण गरिको समाज सेवी वसन्त केसीले जानकारी दिए ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।