नेमकिपाले कांग्रेससँग चुनावी तालमेल नगर्ने



सैघाली खबर,
काठमाडौं ७ कात्तिक। । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले नेपाली कांग्रेससँग चुनावी तालमेल गर्न अस्वीकार गरेका छन् ।
सोमबार आफूलाई भेट्न भक्तपुरस्थित निवासमा आएका कांग्रेस नेता विमलेन्द्र निधिसँगको भेटपछि बिजुक्छेले कांग्रेस र एमालेमा केही फरक नरहेको भन्दै चुनावी तालमेल हुनै नसक्ने बताए ।
आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा कांग्रेस र नेमकिपाबीच तालमेल गर्नेबारेमा छलफल गर्न पार्टी सभापति शेरबहादुर देउवाको ‘म्यान्डेड’ लिएर निधि कमलविनायकस्थित बिजुक्छे निवास पुगेका थिए ।
अध्यक्ष बिजुक्छे र नेता निधिबीच करिब एक घन्टा छलफल भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्