दोस्रो चरणको चुनाव असार हुने निश्चित



१५ जेठ, काठमाडौैं । प्रमुख दलहरु दोस्रो चरणको स्थानीय चुनाव सार्न सहमत भएपछि निर्वाचन आयोग छलफलमा जुटेको छ । जेठ ३१ मा गर्ने भनिएको निर्वाचन असारको दोस्रो सातामा गर्ने तयारी थालिएको छ ।

निर्वाचन आयोगले आफ्नो राय दिएपछि सरकारले नयाँ मिति तोक्नेछ । आयोग अहिले आन्तरिक छलफलमा छ । स्रोतका अनुसार आयोगमा दुई मितिको विकल्पमाथि छलफल भइरहेको छ । प्रधानमन्त्री प्रचण्डले असार ७ वा ८ गर्ने दोस्रो चरणको चुनाव गर्ने प्रस्ताव गरेका कारण उक्त मितिबारे आयोगमा छलफल भइरहेको छ ।निर्वाचन आयोगले भने असार १४ गतेको प्रस्ताव अघि सार्ने सम्भावना छ । १३ गते रमजान सकिने र १५ गते राष्ट्रिय धान दिवस भएकाले असार १४ गते दोस्रो चरणको चुनाव गर्नु उपयुक्त हुने मत आयोगमा देखिएको छ ।

voting-1

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्