फरार अभियुक्त प्रकाउ



सैघाली खबर,
दाङ ७ कात्तिक।
लामो समय देखि लेनदेन मुद्धामा कैद तथा जरिवाना तोकिएका एक जना फरार व्यक्तिलाई दाङ प्रहरीले पक्राउ गरेको छ ।अदालतबाट लेनदेन मुद्धामा कैद तथा जरिवाना तोकिएका तुसलीपुर उपमहानगरपालिका वडा नम्बर १८का ६० वर्षिया हुम बहादुर सार्की लाई प्रहरीले प्रक्राउ गरेको जनाएको छ ।

उनलाई २०७३ साल कार्तिक २३ गते दाङ देउखुरी जिल्ला अदालत घोराही दाङको फैसलाले ६ महिना कैद र १ लाख ५१ हजार जरिवाना तोकेको थियो । फरार रहेका उनलाई खोजतलास गर्दै जाँदा प्रहरी टोलीले आफ्नै घर नजिक लुकीछिपी बसेको अवस्थामा पक्राउ गरी सोमवार तोकिएको कैद तथा जरिवाना असुल उपरको लागि दाङ देउखुरी जिल्ला अदालत दाङमा पठाईएको दाङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक दुर्गा सिंहले जानकारी दिनु भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्