टप फिचर

बझाङमा प्रहरी चौकी निर्माणका लागि स्थानीयले गरे जग्गा र श्रमदान

By थाहा अनलाइन

November 20, 2019

बझाङका स्थानीयवासीको जनश्रमदान र छबिस पाथिभेरे गाँउपालिकाको आर्थिक सहयोगमा प्रहरी चौकी निर्माण भएको छ ।

जिल्लाको छबिस पाथिभेरे गाँउपालिका र दुर्गाथली गाँउपालिकाको बिसौनामा बजारमा १० लाखको लागतमा प्रहरी चौकी निर्माण भएकोे छबिस पाथिभेरे गाँउपालिका ६ का वडा अध्यक्ष मोहनलाल बिकले जानकारी दिए ।

प्रहरी चौकी निर्माणका लागि छबिस पाथिभेरे गाँउपालिका ६ का स्थानियवासी गोठे चलाउनेले निशुल्क रुपमा जग्गा दान गरेका थिए भने वडा नम्बर ६ का स्थानियहरुको जनश्रमदान गरेका थिए । प्रहरी चौकीको चारकोठे भवन निर्माण सम्पन्न भएको बिसौना प्रहरी चौकीका प्रहरी सहाएक निरिक्षक शेर बहादुर रावलले बताए ।

प्रहरी साहाएक निरिक्षक रावलका अनुषार पहिले भाडाको भवनमा प्रहरी चौकी संचालन हुँदै आएको थियो । अहिले नयाँ भवन बनेपछी आफूलाई सेवा दिन सहज भएको बताए ।