राजपाका युवा संघको अध्यक्ष सहितका नेताहरु माओवादी केन्द्रमा प्रवेश



सैघाली खबर,
काठमाडौ ७ कार्तिक । राष्ट्रिय जनता पार्टी ९राजपा० सम्वद्ध तराई मधेश स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पट्टेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पट्टेल, तराई मधेश विद्यार्थी फन्टका नेता सन्देश पट्टेल लगायतका नेताहरु माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

युवा नेताहरु मंगलबार बिहान अध्यक्ष प्रचण्डको हातबाट टीका लगाएर माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । राजपाका युवा नेताहरुको माओवादी केन्द्रमा प्रवेशसँगै अधिकांश केन्द्रीय नेताहरु माओवादी केन्द्रमा प्रवेश गर्ने तयारी रहेको र त्यसका लागि छुट्टै पार्टी प्रवेश कार्यक्रम आयोजना गर्ने नेता पट्टेलले जानकारी दिनुभयो ।

माओवादी केन्द्र प्रवेश गर्दै संघका केन्द्रीय अध्यक्ष अजय पट्टेलले राजपाले मधेशका मुद्दा सत्ता स्वार्थसँग साटेको, मधेशी जनतालाई आन्दोलनका नाममा धोका दिएको, राष्ट्रिय एकता कमजोर बनाएको, पार्टीलाई आफ्ना परिवारको भर्ति केन्द्र बनाएकाले आफूले राजपा छोडेको बताउनु भयो ।

‘राष्ट्रिय एकताको पक्षधर एवं मधेशी अधिकारका पक्षमा लड्ने एक मात्र पार्टी माओवादी भएकाले म माओवादी केन्द्रमा आएको हुँ, नेता पट्टेलले भन्नुभयो ।’

पार्टी प्रवेश गराउँदै अध्यक्ष प्रचण्डले मधेशी जनताले क्रमशः माओवादी केन्द्र नै देशको एकता, आर्थिक समृद्धि र मधेशको अधिकारका पक्षमा लड्ने पार्टी भएको बुझ्दै गएको बताउनु भयो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अन्ततः माओवादी नै देशको हित र मधेशीको अधिकार चाहने शक्ति भएको जनताले बुझ्दै गएका छन् । तपाईहरुको माओवादी प्रवेशले राष्ट्रिय एकता बलियो बनाउन र परिवर्तनको पक्षमा अघि बढ्न थप बल मिलेको छ । आज पार्टीमा प्रवेश गर्ने साथीहरुलाई हामी उचित जिम्मेवारी दिनेछौं ।’

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्