मुख्य समाचार

​गृहमन्त्रीमा बस्नेत, पराराष्ट्रमा कार्की

By थाहा अनलाइन

October 24, 2017

सैघाली खबर, काठमाडौं, ७ कात्तिक । प्रधानमन्त्री शेरबहादुर देउवाले आफु निकट मन्त्रीहरुलाई थप जिम्मेवारी दिएका छन् । माओवादी केन्द्रका मन्त्रीलाई बिनाविभागीय बनाएसँगै गृह र परराष्ट्र मन्त्रालय आफू मातहत राखेका प्रधानमन्त्री देउवाले मन्त्रीहरुलाई नयाँ जिम्मेवारी दिएका हुन् ।

उनले सञ्चारमन्त्री मोहनबहादुर बस्नेतलाई गृह मन्त्रालयको समेत जिम्मेवारी दिएका छन् । यस्तै, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई परराष्ट्र मन्त्रालयको पनि जिम्मेवारी दिइएको छ । गृहमा राप्रपाका कमल थापाले दाबी गरेका थिए । तर, उनलाई उर्जा मन्त्रालयमै सिमित राखिएको छ । बस्नेत र कार्की दुवै देउवाका बिश्वासपात्र मन्त्री हुन् ।