दिपशिखाले भने, देश बिगार्ने कम्यूनिस्ट होईन कांग्रेस हो



राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष रामप्रसाद सापकोटा दिपशिखाले सयौं युवाहरुलाई संगठनमा प्रवेश गराउँदै कांग्रेसले २१ वर्षे शासनकालमा देशलाई आर्थिकरुपमा पुरै खोक्रो बनाएको आरोप लगाएका छन् ।

धरान उप महानगरपालिकाको प्रमुख पदका नेकपाका उमेदवार प्रकाश राइको चुनावी प्रचारको अभियानमा बुधबार निर्वाचन सुरक्षा तथा स्वयंसेवक परिचालन कमिटिले आयोजना गरेको युवा प्रशिक्षण कार्यक्रमका प्रमुख अतिथि दिपशिखाले भने, यो देशमा कांग्रसले नेपालको सबैभन्दा पुराना बिराटनगर जुटमिल र बाँसबारि छाला जुत्ता कारखाना लगायत दर्जनौ उद्योग कलकारखानाहरु टाट पल्टाएर हाल बन्द गराएको छ ।

नव प्रवेशी युवाहरुलाई सम्बोधन गदै उनले अब युवाहरुले आफ्नो भविष्यको लक्ष्य निर्धारण गरेर अघि बढ्नु पर्ने विचार व्यक्त गरे । युवाहरुले यो देशको रााजनीति प्रशासन कर्मचारी तन्त्र प्रहरी संगठन न्यायलय गलत भनेर असन्तुष्टि मात्र पोख्ने छुट छैन भन्दै उनले सबै गलत भएको ठाउँ सच्याउने जिम्मा युवाहरुले लिनु पर्ने बताए ।

नेपाल तरुण दल परित्याग गरि धरानमा नेकपा को उमेदवार प्रकाश राई लाई जिताउने अभियानमा मोहित पुन मगर र करुण लिम्बू को नेतृत्व मा १५० बढी युवाहरु पार्टी प्रवेश गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्