सैघाली खबर,
बाँके,७ कात्तिक ।– बाँकेको खजुरा गाउँपालिकामा रहेको नेपाल विद्युत प्राधिकरणको नोलाइट शाखामा प्राविधिक ९तेश्रो तह० पदमा कार्यरत कर्मचारी जयराम न्यौपाने घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरको टोलीले सेवाग्राहीसँग मिटर जडान कार्य गर्नका लागि घुस रकम माग गरेको भन्ने सूचना एवं उजुरीको आधारमा मंगलबार न्यौपानालेलाई ९ हजार रुपैयाँ घुस लिदै गर्दा रंगेहात पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कोहलपुरका निमित्त प्रमुख नारायणदत्त उपाध्यायले जानकारी दिनुभयो ।
अख्तियारले यसअघि पनि नेपाल विद्युत प्राधिकरणको नेपालगन्ज बितरण केन्द्रबाट एकजना कर्मचारीलाई सेवाग्राहीसँग घुस रकम लिदै गर्दा पक्राउ गरेको थियो ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।