गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक ( भिडियोसहित )



गायक जनक ताम्राकारको नयाँ गीत ‘पियार’ सार्वजनिक भएको छ । चर्चित गायक जनक र निकीता थापाको आवाज रहेको गीत हालै सार्वजनिक भएको हो । यस गीतमा पछिल्लो समय नेपाली संगीत क्षेत्रमा फरक स्वादका गीत प्रस्तुत गरीरहेका संगितकार महेश ताम्राकरको शब्द संगीत रहेको छ ।

गीतलाई प्रसन परियारले एरेन्ज गरेका हुन् ।यो गीत अहिले चलन चल्तीमा आएका गीत संगीत भन्दा पृथक छ । वर्तमान समयमा गीतमा शब्द चयन सतही भईरहेको अवस्थामा उक्त गीतले सहज तथा गहिरो ढंगले माया प्रेमको बयान गरेको छ । यस गीतको संगीत पनि हृदय स्पर्शी रहेको छ ।

यसअघि गायक जनक ताम्राकारले काफल कम्ला,लौ लौ सररर लगायत सुपरहिट गीत ल्याइसकेका छन् । यस्तै निकीता थापाले उडायो हावाले रंगजस्ता सुपरहिट गीत ल्याइसकेकी छन् । साथै यसगीतको भिडीयोमा पनि जनक र निकीतालाई देख्न सकिन्छ । गीतको भिडीयोग्रफी सन्जीव राईले गरेका हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्