पोलियो विश्वबाट उन्मुलन भइसक्यो – पोलियो दिबश



सैघाली खबर
दाङ ७ कात्तिक।
विश्व पोलियो दिवसको अबसरमा रोटरी क्लब अफ दाङले रोटरी अध्यक्ष तिर्थ सन्तोषको अध्यक्षतामा पोलियो दिबश कार्यक्रम सम्पन्न गरेको छ।कार्यक्रममा राप्ति उपक्षेत्रिय अस्पतालका डक्टरहरुको सहकार्य मा कार्यक्रम भएको हो। पोलियो विश्वबाट उन्मुलन भईसके पनि यो रोगको जीवाणुले जुनसुकै बेला पनि सङ्क्रमण गर्न सक्ने भएकोले साबधानी अपनाउनु पर्ने बताए।

पोलियो रोग लागिसकेपछि यो रोगको पूर्णरुपमा निदान हुन नसक्ने भएकोले रोकथाममै लाग्नुपर्ने आवश्यकतालाई मध्यनगर गरेर नै जनचेतना जगाउन पनि सुझाब दिएका थिए।

बिशेष गरी ५ वर्ष मुनीका बच्चा र गर्भिणी महिलाहरुमा यो रोगको भाईरस बढी जसो सङ्क्रमित हुने भएकोले बच्चाहरुलाई दुषित बातावरणबाट जोगाउने, खानपिनको राम्रो स्याहार गर्न र गर्भिणी महिलाहरुलाई यो रोगको बारेमा ज्ञान दिन सरकारलाई प्रोत्साहित गर्नुपर्ने पनि उनको धारणा थियो ।
२०७२र ७३ लाइ हेर्दा लेपालमा यस रोगको सक्रंमण अहिले सुन्य अबस्थामा रहेको बताए। अन्य देश अफगानस्तान ,पाकिस्तान,नाइजेरीयामा भने अघmै प्रबलरुपमा नै रहेको बताएका थिए।

कार्यक्रममा जिल्ला जनस्पास्थ्य प्रतिनिधी मनोज श्रेष्ठ,परीवार नियोजन सघका बसन्त खनाल,रोटरीका उपाध्यक्ष डा। निरान्जन आर्चाय,डा समिर आर्चाय,गगन आर्चाय, प्रतिभा काफुले लगाएत पत्रकारहरुको सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै कल्बका अध्यक्ष सन्तोषले रोटरी इन्टरनेसनलले केही दशकदेखी २४ अक्टुबरको दिन विश्व पोलियो दिवस मनाउन थालिएको बताएका थिए ।आजको बच्चा भोलिको कर्णधार भएकाले उनिहरुको अभिवृद्धिको लागि सरकारले पोलियो उन्मुलनको लागि रोटरी इन्टरनेसनलसँग सहकार्य गरेर धेरै योजनाहरु बनाएको पनि उनले बताए। कार्यक्रमको सञ्चालन क्लबका पुर्ब अध्यक्ष मानसिङ घर्तीले गर्नु भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्